चीनमा फेसबुक !

बिहिबार, १६ मङि्सर २०७३, ११ : २१ शुक्रवार , Kathmandu
चीनमा फेसबुक !

विश्वका झण्डै पौने दुई अर्ब प्रयोगकर्ता रहेको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको देश चीनमा प्रतिबन्धित छ । अब भने चीनमा पनि फेसबुक खुल्ला हुने संकेत देखिएको छ ।
न्युयोर्क टाइम्समा छापिएको एक रिपोर्टअनुसार फेसबुकले एउटा यस्तो विशेष सफ्टवेयर तयार गरिरहेको छ, जसमा खास क्षेत्र तथा देशहरूका मानिसहरूको न्यूजफिडमा आउने पोस्टहरूलाई कम महŒव दिएर दबाउन तथा सेन्सर गर्न सकिन्छ ।
यो खबरलाई विशेष गरी चीनसँग जोडेर हेरिएको छ । जहाँ सेन्सरसिपको विषय बारम्बार उठ्ने गर्छ । समाचारअनुसार यस विषयमा फेसबुकका तीन जना कार्यरत तथा पूर्व कर्मचारीबाट यो जानकारी प्राप्त भएको हो ।

 

Leave A Comment