‘बोल्ड मोडल’ प्रथम महिला

बिहिबार, १६ मङि्सर २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
‘बोल्ड मोडल’ प्रथम महिला

पुरुष पाठकलक्षित म्यागजिन ‘जीक्यू’ले सन् २००० को पहिलो अंकमा मेलानियाको नग्न तस्बिर प्रकाशित गरेको थियो । अमेरिकामा हालसालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी डोनाल्ड ट्रम्पकी तेस्री श्रीमती हुन्, उनी । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी वहन गरेपछि मेलिना प्रथम अमेरिकी महिला बन्नेछिन् । साथै, नग्न फोटो सुट गर्ने पहिलो प्रथम अमेरिकी महिलाका रूपमा समेत उनले कीर्तिमान कायम गर्नेछिन् ।

यसरी भयो बिहे
डोनाल्ड ट्रम्पसँग चिनापर्ची हुनुअघि नै मेलानिया मोडलिङ क्षेत्रमा जमेकी थिइन् । सन् १९९६ मा उनी मोडलिङ दुनियाँमा थप छाउने उद्देश्य बोकेर अमेरिकी राजधानी न्युयोर्क गइन् । त्यहाँ रहँदाखेरि मेलानिया र उनका पति मार्ला माप्लेसबीच मनमुटाव भयो । उनीहरूले तत्कालै सम्बन्ध विच्छेद त गरेनन्, तर अलग बस्न थाले ।
सन् १९९८ तिर न्युयोर्कमा आयोजित फेसनसम्बन्धी एउटा कार्यक्रममा ट्रम्पले मेलानियालाई भेटे । अर्कै युवतीसँग कार्यक्रममा गएका ट्रम्प उनको सौन्दर्यबाट पहिलो भेटमै मोहित भए । सोही कार्यक्रममा उनले मेलानियाको मोबाइल नम्बर मागेका थिए । प्रसिद्ध व्यवसायी ट्रम्पलाई उनले त्यतिबेला पत्याइनन् । मोबाइल नम्बर दिइनन् ।
तर, केही महिनामै ट्रम्पले मेलानियालाई मनाइछाडे । दुई श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेका ट्रम्पसँग उनले तत्कालै बिहे चाहिँ गरिनन् । उनीहरू प्रेमी–प्रेमिका भएर रहे ।
सन् १९९९ तिर अमेरिकाको राजनीतिक तथा मोडलिङ जगतमा रोमान्टिङ जोडीका रूपमा उनीहरू चर्चित भए । सन् २००५ मा उनीहरूले बिहे गरे ।

यसरी भयो फोटो सुट   
सन् १९९९ तिर उनीहरूको जोडीको चौतर्फी चर्चा हुन थालेपछि बेलायतबाट निस्किने जीक्यू म्यागजिनका सम्पादक डाइलन जोन्सलाई धेरैतिरबाट एउटै आग्रह आउन थाल्यो– ‘पत्रिकामा मेलानियाको नग्न तस्बिर छाप्नुप¥यो ।’ म्यागजिनको आवरण पृष्ठमा आफ्नो तस्बिर छापिने कुराबाट उनी पनि उत्साहित भइन् । ‘मेलानिया मात्र होइनन्, त्यतिखेरका उनका प्रेमी ट्रम्पले पनि यसमा सहमति जनाए,’ जोन्सले सम्झिए, ‘मेलानियाका केही थान नग्न तस्बिर पठाउन उनले मसँग आग्रह गरे । हामीले तस्बिर खिच्यौँ र त्यसमध्ये राम्रा छानेर फ्रेम गरी उनको कार्यालयमा पु¥याइदियौँ ।’
त्यसअघि पनि उनले फ्रान्सको एउटा फेसनसम्बन्धी म्यागजिनका लागि उत्तेजक फोटो सुट गराइसकेकी थिइन् । फ्रेन्च म्यागजिनमा प्रकाशित नग्न तस्बिरमा उनले स्तन पूरै देखाएकी थिइन् ।
डोनाल्डको निजी विमानभित्र र त्यसवरिपरि विभिन्न पोजमा मेलानियाले नग्न फोटोसुट गराएकी थिइन् । विमानभित्र भुवाको ओछ्यानमा पल्टिएर उनले खिचाएको तस्बिर जीक्यू म्यागजिनले आवरण पृष्ठमा छापेको थियो । त्यो तस्बिरले तहल्का मच्चायो ।
ट्रम्पले राष्ट्रपतीय निर्वाचनको खुड्किलो एकपछि अर्को चढ्दै गएपछि मेलानियाले त्यतिखेर खिचाएको तस्बिर झन् चर्चित भयो । जीक्यू म्यागजिनले ट्वीट गरेर मेलानियाका पुराना तस्बिर पुनः सार्वजनिक गरिदिएपछि यसलाई संसारभरिका सञ्चारमाध्यमले पुनःप्रकाशन गरे । यही विषयलाई लिएर विपक्षीहरूले ट्रम्पलाई आक्रमण गरे । तर, मेलानिया र उनले यसलाई वास्तै गरेनन् ।
मेलानियाले युरोपको म्यागजिनका लागि नग्न तस्बिर सुट गराएकी थिइन् । श्रीमतीको नग्न तस्बिरबारे एक अवसरमा ट्रम्पलाई सोध्दा उनले यसलाई सामान्य रूपमा लिँदै भनेका थिए, ‘युरोपमा यस्ता तस्बिर राम्रा र फेसनेबल मानिन्छन् ।’

फोटो सुटदेखि बिहेसम्म
नग्न तस्बिर प्रकाशित भएपछि उनीहरूको जोडी थप चर्चित भयो । यसै क्रममा सन् २००५ मा उनीहरूको विवाह भयो । विवाह समारोहमा ३ सय ५० जना अतिथिलाई निम्त्याइएको थियो । समारोहमा मेलानियाको नग्न तस्बिर प्रकाशित गरेको जीक्यूका प्रतिनिधि पनि आमन्त्रित थिए । जीक्यूले लेखेअनुसार उनले विवाहमा एक लाख अमेरिकी डलर पर्ने पहिरन लगाएकी थिइन् । त्यो पहिरन बनाउन फेसन डिजाइनरहरूलाई साढे पाँच सय घण्टा लागेको थियो ।
त्यतिखेर आमन्त्रित अतिथिमा राष्ट्रपतीय निर्वाचनमा ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी र उनका श्रीमान् तथा पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि थिए ।
(एजेन्सीको सहयोगमा)

 

Leave A Comment