कार्कीको ‘लभ यू फरेभर’

बिहिबार, १६ मङि्सर २०७३, १० : ४५ शुक्रवार , Kathmandu
कार्कीको ‘लभ यू फरेभर’

गायक आनन्द कार्कीको  १५ औँ गीति एल्बम ‘लभ यू फरेभर’ सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकारहरू दीपक जंगम र शक्ति वल्लभ लगायतले संयुक्त रूपमा एल्बमको विमोचन गरे । एल्बममा १० वटा गीत समावेश छन् । शेर्पिनी कान्छीको शब्द र शिखर सन्तोषको संगीत रहेको ‘सुनसान रातमा’ बोलको गजलको म्युजिक भिडियो कार्यक्रममा देखाइएको थियो  । ‘आज फूलसँग साटेँ’ र ‘यो मन तिमीलाई दिएँ’ बोलका गीतमा कार्की स्वयंले संगीत दिएका छन् । ‘स्वदेशी सामान प्रयोग गरौँ’ बोलको गीतमा गायिका इन्दिरा जोशीको आवाज रहेको छ ।

प्रवीणको ‘कस्तो माया’
गायक प्रवीण किरातीको ‘कस्तो माया’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जन्म राईले संगीत भरेको गीतमा शब्द गायक किरातीकै छ । उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट रहेको गीतको भिडियो निर्देशन रोहितविक्रम कार्कीले गरेका हुन् ।  गीतलाई मोफसल मिडिया ग्रुपले बजारमा ल्याएको हो ।  

सञ्जीवको ‘बादलसँगै’
गायक सञ्जीव पराजुलीको ‘बादलसँगै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । निस्प्रभ सजीको शब्द रहेको गीतमा हेमन्त रानाको संगीत रहेको छ । एल्बम ‘उडान’मा समावेश यो गीतको भिडियो निर्देशन सविन ज्ञवालीले गरेका हुन् । अस्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियोमा कैटरिना, अजय राजवंशी, टोमी हायस फिचरिङमा छन् ।

Leave A Comment