संसारकै होचो जोडी

बुधबार, १५ मङि्सर २०७३, १० : २७ शुक्रवार , Kathmandu
संसारकै होचो जोडी

ब्राजिलियन युवक पाउलो ग्याब्रियल डा सिल्भा बारोस र युवती केट्युसिया होसिनो बोरोसले आठ वर्ष लामो अफेयरलाई विवाहमा परिणत गराएका छन् । गत साता भएको विवाहसँगै उनीहरू संसारकै होचो जोडीमा दरिएका छन् । गिनिज बुकले समेत उनीहरूलाई संसारकै होचो जोडीको मान्यता दिइसकेको छ ।
३१ वर्षका पाउलो ३५ दशमलव ५४ इन्चका छन् भन् २८ वर्षकी केट्युसिया ३५ दशमलव ८८ इन्चकी छिन् । उनीहरूको कुल उचाइ ७१ दशमलव ४२ इन्च छ ।
‘पाउलोले निकै अघिदेखि गिनिज बुकमा नाम लेखाउन खोजेका रहेछन् । तर, उनीभन्दा होचा व्यक्ति थुप्रै रहेछन् । मसँग बिहे गरेपछि उनको यो सपना पनि साकार भएको छ,’ केट्युसियाले भनिन् ।

Leave A Comment