बहुमूल्य छ मोबाइल

सोमबार, १३ मङि्सर २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
बहुमूल्य छ मोबाइल

–बीबीसी
ग्याजेटको प्रयोग गर्ने सोख युवामा मात्र सीमित छैन । हरेक उमेरका मानिसमा यसको महŒव दिन प्रतिदिन बढ्दै गएको छ । कसैलाई यो आवश्यकता छ भने कसैलाई यसको लत ।
अझ स्मार्टफोनको कुरा गर्ने हो भने सबैलाई महँगो स्मार्टफोन बोक्न मन लाग्छ । पछिल्लो तथ्यांक हेर्ने हो भने आइफोनका सोखिनहरू बढेका छन् । त्यही भएर त नयाँ मोबाइलको हल्ला आउनेबित्तिकै मानिसहरू त्यसको अग्रिम बुकिङ गर्न तछाडमछाड गर्न थाल्छन् ।
बजारमा हरेक प्रकारका मोबाइल भेटाउन सकिन्छ । तपाईंले पैसा मात्र खर्च गर्नुपर्छ चाहेजस्तो मोबाइल खरिद गर्न सकिन्छ । हीराजडित आइफोनको मूल्य करिब साढे नौ करोड डलर पर्छ । तपाईंसँग यति धेरै बजेट छैन भने केही छैन । यदि तपाईंसँग कम मूल्यको आइफोन छ भने पनि तपाईं धनी नै हुनुहुन्छ । किनभने, हरेक आइफोनमा सुन, चाँदी, काँस, मोतीलगायत धातु राखिएको हुन्छ । यी बहुमूल्य धातु आगामी दिनमा अझै मूल्यवान हुनेछन् । जति बढी मोबाइलको उत्पादन भइरहेको छ, त्यति नै बढी यी धातुहरूको प्रयोग पनि बढिरहेको छ ।
एउटा यस्तो दिन आउनेछ, जुन दिन खानीमा यी धातुहरू सकिनेछन् । यस्तो भयो भने तपाईंको मोबाइल महँगो मात्रै हुनेछैन, बहुमूल्य नै हुन्छ । एक स्मार्टफोन यत्रो हुन्छ जुन तपाईंको गोजीमा अटोस् । तर, यस सानो फोनमा थुप्रै मूल्यवान धातु हुन्छन् । एउटा आइफोनमा ०.०३४ ग्राम सुन, ०.३४ ग्राम चाँदी, ०.०१५ ग्राम पालाडियम, १५ ग्राम तामा र २५ ग्राम आल्मुनियम हुन्छ । अन्य थुप्रै बहुमूल्य धातु पनि फोनमा राखिएको हुन्छ । जस्तै, ल्याटिनम, बाइट्रियम, टर्बियम ।
यसबाहेक काँच, प्लास्टिक र अन्य थुप्रै कुराहरू मोबाइलमा प्रयोग गरिन्छ । यी सबै कुरा एकदमै थोरै मात्रामा स्मार्टफोनमा प्रयोग गरिन्छ । तर, जति धेरै संख्यामा फोनको उत्पादन हुन्छ त्यति नै बढी मात्रामा यस्ता दुर्लभ धातुहरूको प्रयोग हुन्छ ।
अहिले विश्वभरि करिब दुई अर्ब मानिसले स्मार्टफोन बोक्छन् । यो संख्या हरेक दिन बढिहेको छ । यसबाटै अनुमान लगाउन सकिन्छ कि कति धेरै मात्रामा धातुको प्रयोग भइरहेको छ ।
एक टन कच्चा सुनबाट जति सुन निकाल्न सकिन्छ त्यसको तीन सय गुणा बढी एक टन आइफोनबाट निकाल्न सकिन्छ । यसै अनुरूप एक टन कच्चा चाँदीबाट निस्कने चाँदीभन्दा त्यति नै मात्राको आइफोनबाट निस्कने चाँदी छ गुणा बढी हुन्छ ।
मानिसहरू लुगा फेरेजस्तै फोन परिवर्तन गर्न थालेका छन् । विश्वको तथ्यांक मान्ने हो भने औसत ११ महिनामा एक व्यक्तिले मोबाइल परिवर्तन गर्छ । किनकि, यसबीचमा नयाँ फिचरसहित नयाँ स्मार्टफोन आइसकेका हुन्छन् । हामी पुरानो फोन फालिदिन्छौँ । त्यो कवाडी बनिसकेको हुन्छ । बढीमा १० प्रतिशत मोबाइलबाट मात्र त्यसमा जोडिएका धातुहरू निकालिन्छ वा अर्को मोबाइलमा प्रयोग गरिन्छ । एक अनुमानका अनुसार  १० लाख मोबाइलबाट करिब १० टन तामा, ३५० किलो चाँदी, ३४ किलो सुन र १५ किलो प्यालेडियम निकाल्न सकिन्छ ।
इलेक्ट्रोनिक फोहोर आजको दुनियाँमा एक ठूलो चुनौती बनेको छ । यस फोहोरबाट खतरनाक केमिकल निस्कन्छ, जुन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । धनी मुलुकको यस्तो फोहोर धेरैजसो भारत र चीन निर्यात गरिन्छ । जहाँ गरिब मानिसले फोहारबाट उपयोगी कुराहरू बाहिर निकाल्ने रोजगारी पाउँछन् ।
चीनको दक्षिणी शहर गुइयु संसारको सबैभन्दा ठूलो यस्तो फोहोरको बजार छ । यहाँ गरिब बालबालिका र बेरोजगार मानिसहरू यसलाई फुटाउँछन् । यस्ता फोहोरलाई गलाउनका लागि थुपै्र पटक खतरनाक केमिकलको पनि प्रयोग गरिन्छ । यस्तो फोहोरबाट क्रोमियम, सिसा र पारोजस्ता नोक्सान पु¥याउने धातु निस्कन्छन् । जुन स्वास्थ्यका लागि मात्रै हानिकारक छैन यसले हावा र पानी दुवै प्रदूषित बनाउँछ ।
जुन मुलुकले आफ्नै देशमा यस्ता फोहोरको पुनर्प्रयोग गरिरहेको छ, उनीहरूलाई पनि यस्ता चुनौतीको सामना गर्नुपरेको छ ।
यस समस्याबाट छुटकारा कसरी पाइएला ? सबैभन्दा पहिला मानिसहरू छिटोछिटो मोबाइल परिवर्तन गर्ने बानी सुधार्नुपर्छ । तर, यतिले मात्रै समस्या सुल्झिन्न । किनकि, अहिलेका उपभोक्तालाई मोबाइल फेर्ने बानी भइसक्यो ।
अस्ट्रेलियाको न्यु साउथ वेल्सकी प्रोफेसर बिना सहाजवाला भन्छिन्, ‘हरेक इलाकामा माइक्रो फ्याक्ट्री हुनुपर्छ । जहाँ होसियारीपूर्वक इलेक्ट्रोनिक फोहोरबाट आवश्यक चिज निकाल्न सकियोस् । यस्ता फ्याक्ट्रीमा मानिसको स्थानमा रोबोटद्वारा स्वचालित मेसिन जडान गर्नुपर्छ ।’

 

Leave A Comment