गलत ठाउँमा औँठी लगाएपछि

सोमबार, १३ मङि्सर २०७३, १० : ११ शुक्रवार , Kathmandu
गलत ठाउँमा औँठी लगाएपछि

दक्षिण अफ्रिकाका एक व्यक्तिले कामोत्तेजनामा आएर विवाहमा श्रीमतीले लगाइदिएको औँठी लिंगमा लगाएका थिए । तर, औँठी लिंगमा अड्किएर यसले लिंगमा घाउ लगाएपछि उनी डाक्टरकोमा गए । डाक्टरले समय लगाएर उनको लिंगबाट औँठी निकालिदिएका छन् ।
यस्तो हर्कत गर्ने व्यक्ति दक्षिण अफ्रिकाका २८ वर्षीय युवक भनिएको छ । समाचारमा उनको नाम खुलाइएको छैन ।
‘लिंगमा विवाहको औँठी लगाएर उनले यौन क्रियालाई अद्भुत बनाउन खोजेका रहेछन् । लिंगमा लगाएको औँठीले सेक्सका क्रममा श्रीमतीलाई चरम आनन्द दिलाउला भन्ने उनले ठानेका रहेछन् । तर, श्रीमतीले चरम आनन्द त पाइनन् नै, उनी स्वयंले यसबाट अनेक दुःख खेप्नुप¥यो,’ समाचारमा भनिएको छ ।
औँठी छिराएपछि उनको लिंग एकाएक सुनिएको थियो । ‘डाक्टरकोमा पुग्दा उनको लिंग उत्तेजित अवस्थामै थियो । यो सुन्निएर नीलो भएको थियो,’ समाचारमा भनिएको छ । ती युवककै आमाले उनलाई अस्पतालमा भर्ना गराएकी थिइन् । डाक्टरहरूले सुन्निएको लिंगलाई सामान्य अवस्थामा ल्याएर लिंगबाट औँठी झिकिदिएका थिए । 

Leave A Comment