पहिरनले धोका दियो

आइतबार, १२ मङि्सर २०७३, १२ : ४० शुक्रवार , Kathmandu
पहिरनले धोका दियो

स्टेजमा प्रस्तुति दिइरहेको बेला बेलायती पपगायिका ब्रिट्नी स्पियर्सको पहिरन फुस्किएको छ । अमेरिकामा आयोजना भएको एउटा कार्यक्रममा ब्रिट्नीले एकसाथ गायन र नृत्य प्रस्तुत गरिरहेकी थिइन् । त्यत्तिकैमा उनले लगाएको टपको एकापट्टिको स्ट्रिप फुस्कियो ।
टपको एउटा पाटो फुस्किए पनि ब्रिट्नीले प्रस्तुति रोकिनन् । एक हातले खसेको टपको फेरो समाएर उनले गायनलाई निरन्तरता दिइन् । त्यत्तिकैमा दुई जना सहयोगी आएर उनको पहिरनलाई ठीक गरिदिए । ब्रिट्नीले प्रस्तुति जारी राखेकै बेला यो सब गरिएको थियो ।

Leave A Comment