१७ का बेहुला, ७१ की बेहुली

आइतबार, १२ मङि्सर २०७३, १० : १८ शुक्रवार , Kathmandu
१७ का बेहुला, ७१ की बेहुली

१७ वर्षका किशोरले ७१ वर्षकी वृद्धासँग बिहे गरेको खबर अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो ।
गेरी नाम गरेका बेलायतका १७ वर्षे किशोरले ७१ वर्षकी अलमेडा हार्डविक नाम गरेकी महिलासँग बिहे गरेका छन् । आफूहरूको वैवाहिक जीवन अहिले रोमाञ्चक र सुखमय रूपमा बितिरहेको दुवैको भनाइ छ । ‘हामीबीच लामो समयसम्म अफेयर चल्यो । प्रेमलाई विवाहमा किन नबदल्ने भन्ने हामीले सोच्यौँ र बिहे ग¥यौँ,’ गेरीले भने ।
गेरीले अलमेडालाई पहिलो पटक चर्चमा भेटेका थिए । ‘पहिलो नजरमै माया बस्यो । उनी एकल महिला रहिछन् । केही वर्षअगाडि उनका श्रीमान्को निधन भइसकेको रहेछ । त्यसैकारण उनलाई पनि मलाई प्रेमी र पतिका रूपमा स्वीकार गर्न अप्ठेरो परेन,’ गेरीले भने ।

Leave A Comment