यी हुन् वेब हार्ड ड्राइभ

शनिबार, ११ मङि्सर २०७३, ०२ : ४९ शुक्रवार , Kathmandu
यी हुन् वेब हार्ड ड्राइभ

भाइरस वा अरू गडबडीले एक्कासि कम्युटर फम्र्याट गर्नुपर्ला वा तपाईंको हार्ड ड्राइभमा उपलब्ध ठाउँ भरिएला । तपाईंसँग इन्टरनेट कनेक्सन राम्रो छ भने स्टोरेजका लागि पैसा नै खर्च गर्नु पर्दैन । थुप्रै कम्पनीका क्लाउड स्टोरेज वा भर्चुवल ड्राइभले इन्टरनेटमै फाइल सुरक्षित गर्ने सुविधा सित्तैमा उपलब्ध छन् ।
तपाईंले यस्ता ड्राइभमा रहेका फाइलहरूमा काम गर्नुभयो भने सीधै इन्टरनेटमा ‘सिंक्रोनाइज्ड’ हुन्छन् । सानो असावधानीले फाइल डिलिट हुने वा फम्र्याट हुनेबाट राहत पाउन सक्नुहुन्छ ।

चल्तीका भर्चुअल हार्ड ड्राइभ 
मेगा
यो क्लाउड स्टोरेजले आफ्ना ग्राहकलाई ५० जीबी क्षमताको स्टोरेज प्रदान गर्छ । पछिल्लो पटक देखापरेका मोबाइल अपरेटिङ सिस्टमहरू आईओएस, एन्ड्रोइड, ब्ल्याकबेरी र विन्डो मोबाइलबाट आफ्ना महŒवपूर्ण डाटाहरू यसमा अपलोड गरेर सुरक्षित राख्न सकिन्छ । 
गुगल ड्राइभ
गुगलले ल्याएको यो सेवा जिमेल र गुगल प्लसका प्रयोगकर्ताहरूले सोही लगइनबाट उपयोग गर्न सक्छन् । गुगल ड्राइभले आफ्ना प्रयोगकर्तालाई १५ जीबी स्टोरेज प्रदान गरेको छ । यो स्टोरेजमा तपाईंले राखेको सामग्री मोबाइलमार्फत पठाउन, डाउनलोड र अपलोड पनि गर्न सकिनछ ।
ड्रप बक्स
ड्रपबक्स पनि निकै चल्तीको भर्चुवल स्टोरेज हो । अधिकांश मोबाइल फोन, कम्प्युटर र ब्राउजरबाटै प्रयोग गर्न मिल्ने ड्रप बक्सले साधारण प्रयोगकर्तालाई दुई जीबी निःशुल्क स्टोरेज दिन्छ । सामसुङका मोबाइललयात डिभाइस प्रयोगकर्तालाई भने ड्रपबक्सले सित्तैमा एक सय जीबीसम्म स्टोरेज उपलब्ध गराउँछ ।
वान ड्राइभ
पहिला स्काई ड्राइभले लोकप्रिय भएको यो क्लाउड स्टोरेजको नाम परिवर्तन भएर वान ड्राइभ रहेको छ । माइक्रोसफ्टले ल्याएको यो स्टोरेज प्रयोग गर्ने प्रयोगकर्ताले साइन इन गरे लगत्तै पाँच जीबी निःशुल्क प्रयोग गर्न पाउँछन् । यसमा पनि अपलोड, डाउनलोड र सेयरिङ गर्ने सुविधा रहेको छ ।

मिडिया फायर
मिडिया फायर क्लाउड स्टोरेजले साइन इन गरे लगत्तै १० जीबी स्टोरेज निःशुल्क दिन्छ । तपाईंले उक्त स्टोरेजको रिफरल पठाउनुभयो र उक्त रिफरलबाट कसैले साइन इन गरेमा तपाईंको स्टोरेज बढ्दै गएर ५० जीबीसम्म पुग्ने गर्छ ।
पी क्लाउड
पी क्लाउडले पनि तपाईंलाई साइन इन गर्ने बित्तिकै १० जीबी निःशुल्क क्लाउड स्टोरेज दिने गर्छ । तपाईंले साथीहरूलाई रिफरल पठाउनुभयो र उक्त रिफरलबाट साइन इन गरेमा तपाईंको स्टोरेज क्षमता वृद्धि हुँदै २० जीबीसम्म पुग्छ । अधिकांश मोबाइल अपरेटिङ सिस्टममा यो चल्छ ।

Leave A Comment