अक्षयलाई समलिंगी ठान्थिन् डिम्पल

शनिबार, ११ मङि्सर २०७३, ०२ : ३५ शुक्रवार , Kathmandu
अक्षयलाई समलिंगी ठान्थिन् डिम्पल

बलिउड निर्माता–निर्देशक करण जौहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विद करण’ मा दुई हप्ताअघि अभिनेता अक्षय कुमार र उनकी श्रीमती तथा अभिनेत्री ट्वीङ्कल खन्ना अतिथि थिए । कार्यक्रममा उनीहरूले निजी जीवनका केही गोप्य कुरा पनि सार्वजनिक गरेका थिए । 
अक्षयले ट्वीङ्कलको हात माग्न जाँदाको घटना सम्झिए । उनी ट्वीङ्कलकी आमा अभिनेत्री डिम्पल कपाडियासँग बिहेको कुरा गर्न गएका थिए । ‘उहाँ त मलाई समलिंगी भन्ठान्नुहुँदो रहेछ,’ अक्षयले कार्यक्रममा भनेका थिए, ‘मैले ट्वीङ्कलको जिन्दगी बर्बाद गरिदिने पिर पो रहेछ उहाँलाई ।’ यो भ्रमको निवारण भएपछि उनीहरूको बिहे निर्बिघ्न भएको थियो । ट्वीङ्कलले बिहेपछि आफ्नो अभिनय यात्रा टुंग्याएकी थिइन् । 
सोका होस्ट करण र ट्वीङ्कल एउटै स्कुलमा पढेका थिए । सोमा करणले आफू कुनै जमानामा ट्वीङ्कल भनेपछि भुतुक्कै हुने गरेको पनि बताए ।  फिल्म ‘कुछ कुछ होता है’ मा पहिले उनले ट्वीङ्कललाई अभिनयका लागि अफर गरेका थिए तर उनले मानिनन् । त्यसपछि फिल्ममा करणले रानी मुखर्जीलाई लिएका थिए । उनले फिल्ममा रानीले निर्वाह गर्ने पात्रको नाम टिना राखेका थिए । टिना खासमा ट्वीङ्कलको घरेलु नाम थियो । 

Leave A Comment