हिम्मतिली सुपरमोडल

शनिबार, ११ मङि्सर २०७३, १२ : २५ शुक्रवार , Kathmandu
हिम्मतिली सुपरमोडल

दुबीका कारण शरीरको अलिकति भाग सेतो भएकै आधारमा हतास र निराश हुने धेरै छन् । उनीहरूका लागि अमेरिकी सुपरमोडल विन्नी हर्लो प्रेरणाको स्रोत बन्न सक्छिन् ।
यी महिलाको शरीरको धेरै भाग दुबीका कारण सेतो भइसकेको छ । तर, यसबाट रत्तिभर पनि विचलित नभई उनी मोडलिङ क्षेत्रमा निरन्तर सक्रिय छिन् । उनलाई अमेरिकी सञ्चारमाध्यमले ‘सुपरमोडल’ भन्ने गर्छन् । विभिन्न नामी ब्रान्डको विज्ञापनमा उनले मोडलिङ गरिसकेकी छिन् ।
‘स्कुलमा पढ्दाताका मलाई भिटिलिगो नामक रोग लाग्यो, जसले गर्दा मेरो छालामा सेतो धब्बा देखिन थाल्यो । धब्बा बढ्दै गयो,’ उनले भनिन्, ‘यसले गर्दा मैले स्कुले जीवनमा सास्ती खेप्नुप¥यो ।’
पछि उनले अमेरिकाज नेक्स्ट टप मोडल प्रतियोगितामा भाग लिइन् । ‘त्यसपछि मेरो मोडलिङ करिअर निरन्तर अघि बढ्दै गयो र आज यो अवस्थासम्म आइपुगेँ,’ उनले भनिन् ।

Leave A Comment