‘सोरठी’माथि बहस

शुक्रबार, १० मङि्सर २०७३, ०१ : ३६ शुक्रवार , Kathmandu
‘सोरठी’माथि बहस

मगर समुदायमा प्रचलित सांगीतिक कथा ‘सोरठी’बारे बनेको डकुमेन्ट्रीमाथि पोखरामा बहस चलाइएको छ । हिमाल पुनमले निर्देशन गरेको डकुमेन्ट्री ‘सोरठी’ प्रदर्शनपछि यसबारे बहस चलाइएको हो । उदिम मिडिया प्रालिको व्यवस्थापनमा शनिवार भएको बहसमा ‘सोरठी’ का विविध आयाम केलाइएका थिए ।
निर्देशक हिमाल पुनमले डकुमेन्ट्रीलाई अझ परिमार्जित गरी केही लामो बनाउने योजना रहेको सुनाए । सोरठी गीतको कथाको मूल विषयवस्तु एउटै भए पनि गाउने तरिका, हाँगा र शब्द ठाउँअनुसार फरक–फरक पाइएको फिल्मकर्मी मेजन पुनको भनाइ थियो । मगर समाजसँग सम्बन्धित विविध पक्षबारे छलफल गर्न कात्तिक महिनादेखि पोखरामा बहस शृंखला सुरु गरिएको हो । लेखक मनोज घर्तीमगरले पनि डुकमेन्ट्रीमाथि टिप्पणी गरेका थिए ।

 

Leave A Comment