फेसबुकमा यी गल्ती त गर्दै हुनुहुन्न ?

शुक्रबार, १० मङि्सर २०७३, ०१ : ३३ शुक्रवार , Kathmandu
फेसबुकमा यी गल्ती त गर्दै हुनुहुन्न ?

फेसबुक हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । फेसबुकमा स्ट्याटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरूका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक ‘रुटिन’ नै हो ।
फेसबुक चलाउने क्रममा यसका नीतिनियमबारे जानकारी राख्नु आवश्यक हुन्छ । किनकि, आफ्ना नीतिनियमको उल्लघंन गरेको खण्डमा फेसबुकले सम्बन्धित व्यक्तिको अकाउन्ट बन्द गरिदिन सक्छ । कस्तो अवस्थामा फेसबुक अकाउन्ट ब्लक हुन सक्छ भन्ने जानकारी यहाँ दिइएको छ ।
अनावश्यक म्यासेज नपठाउने
एकै पटक वा छिनछिनमा चिनेको वा नचिनेका व्यक्तिलाई एउटै किसिमका म्यासेज धेरै पठाउनु हँुदैन । यसरी पठाएका म्यासेजहरू पाउने व्यक्तिले अनवेलकम गरिदिएमा तपार्इंको अकाउन्ट केही समयका लागि ब्लक हुन सक्छ । स्वभाविकभन्दा बढी म्यासेजलाई स्पाम म्यासेजको रूपमा पनि लिने खतरा हुन्छ ।
घृणा र अतिरञ्जित कुरा पोस्ट नगर्ने
कुनै पनि समुदाय वा समाजमा विचलन हुने किसिमका सामग्री पोस्ट गरेमा फेसबुकले उक्त अकाउन्टलाई केही समय ब्लक गर्न सक्छ ।
फोटो र भिडियो पोस्ट गर्दा ध्यान दिने
फेसबुकले आफ्नो पोलिसिमा स्पट रूपमा अश्लीलता भएको, लागुऔषध, व्यक्तिगत आक्षेप लगाउने किसिमका फोटो र भिडियो पोस्ट गर्न मनाही गरेको छ । यदि फेसबुकले वा कुनै व्यक्तिले उक्त फोटो प्रति सूचना दिएमा अकाउन्टलाई केही समयसम्म रोक्न सक्छ ।
अधिकार नभएको कन्टेन पोस्ट नगर्ने
तपाईंसँग कुनै फोटो, भिडियो वा टेक्स्टको प्रतिलिपि अधिकार छैन भने त्यस्ता फोटो, भिडियो र टेक्स्टलाई डाउनलोड गरेर आफ्नो पेजबाट पोस्ट गर्नु हुँदैन । यस्तो अवस्थामा फेसबुकले थाहा पाएमा वा अरू कसैले उजुरी गरेमा तपाईंको अकाउन्टलाई केही समय ब्लक गर्न सक्छ ।
पोक बढी नगर्ने
फेसबुकले दिएको एउटा सुविधामा पोक पनि रहेको छ । यदि तपार्इंले एउटै व्यक्तिलाई बारम्बार पोक गरेर सताउन थाल्नुभयो भने पनि तपार्इंको अकाउन्टलाई फेसबुकले केही समयका लागि ब्लक गरिदिन्छ ।
धेरै ग्रुपमा नजाने
फेसबुकले दुई सयसम्म गु्रपमा आबद्ध हुन दिन्छ । त्योभन्दा बढी गु्रपमा आबद्ध भएमा फेसबुकले तपार्इंको अकाउन्टलाई केही समय ब्लक गरेर राख्छ ।
अनावश्यक फ्रेन्ड र गेम रिक्वेस्ट नगर्ने
फेसबुकमा नचिनेको मान्छेलाई फ्रेन्ड रिक्वेस्ट र गेम रिक्वेस्ट लगातार पठाइरहनु हुँदैन । यस्तो धेरै गरेमा पनि फेसबुकले तपार्इंको अकाउन्टलाई केही घण्टा वा दिनलाई ब्लक गरेर राख्न सक्छ ।

 

Leave A Comment