पानपसलेको खातामा १६ करोड

शुक्रबार, १० मङि्सर २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
पानपसलेको खातामा १६ करोड

कुनै पानपसलेको बैंक खातामा कति पैसा हुन्छ होला ? बढीमा केही लाख । तर, भारतीय राज्य झारखण्डका एक पानपसलेको बैंक खातामा भारु १० करोड फेला परेपछि सनसनी मच्चिएको छ ।
भ्mारखण्डको गिरिदिह जिल्लाका पानपसले पप्पुकुमार तिवारीको खातामा यति ठूलो रकम फेला परेको हो । आफ्नो बैंक खातामा अकस्मात यति धेरै रकम देख्दा उनी स्वयं पनि छक्क परेका थिए ।
‘एक हजार रुपैयाँ निकाल्नुप¥यो भनेर एटीम जाँदा एटीएमले पैसा दिन मानेन । मेरो खातामा ४६ सय रुपैयाँ थियो, एक हजार पनि निकाल्न किन नदिएको भन्दै झोक्किएर बैंक पुग्दा पो थाहा पाएँ, बैंकले मेरो खाता बन्द गरिदिएको रहेछ,’ उनले भने ।
त्यति धेरै रकम डिपोजिट गर्ने हैसियत नभएका उनको खातामा एक्कासि त्यति धेरै रकम कसरी आयो भन्नेबारे संशय भएपछि बैंकले खाता रोक्का गरिदिएको रहेछ । उनको खातामा त्यति धेरै रकम कसले हालिदियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Comment