चलेकै हो त अफेयर ?

बिहिबार, ०९ मङि्सर २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
चलेकै हो त अफेयर ?

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र अभिनेता ऋत्विक रोशनबीच अफेयर चलेको खबर फैलिएको धेरै भयो । श्रीमतीले डिभोर्स गरेपछि एकल जीवन बिताइरहेका ऋत्विकको जीवनमा ज्याकलिन आएको भन्ने चर्चा बलिउड वृत्तमा चलेको थियो । यस्तो हल्लालाई बल पु¥याउनेगरी दुवैजना केही सार्वजनिक स्थानमा सँगै गएको अवस्थामा समेत फेला परेका थिए ।
दुवैले आफूहरूबीच अफेयर रहे÷नरहेकोबारे केही बताएका छैनन् । तथापि, ऋत्विकसँग जोडेर ज्याकलिनको चर्चा गर्ने क्रम अझै रोकिएको छैन ।
यस्तै चर्चामा बल पु¥याउनेगरी उनीहरूले सँगै एउटा भिडियोमा काम गरेका छन् । ‘डेट गन रङ’ टाइटलको सो भिडियोमा उनीहरूले नृत्य गर्दै गरेको दृश्य छ । यो भिडियोसम्बन्धी समाचार आएपछि दुवैजनाको नाम जोडेर पुनः एक पटक अनेक टिप्पणी भएका छन् ।

 

Leave A Comment