बिजुको ‘छम छम’

बिहिबार, ०९ मङि्सर २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
बिजुको ‘छम छम’

गायिका बिजु पण्डितको ‘छम छम’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अराज केशवको शब्द रहेको गीतमा मोहित मुनालको संगीत रहेको छ । श्रीधर पौडेलले निर्देशन गरेको गीतको भिडियोमा मोडल पुष्प खड्कासँग बिजु स्वयंले अभिनय गरेकी छिन् ।

शम्भुको ‘मूकदर्शक’
गायक शम्भु न्यौपानेले ‘मूकदर्शक’ नामक नयाँ एल्बम बजारमा ल्याएका छन् । एल्बममा ‘प्रेममा जलायौ हाँसी हाँसी’, ‘लैजाऊ लैजाऊ’, ‘हुन्न हुन्न अब हुन्न’ लगायत पाँचवटा गीत समावेश छन् । चारवटा गीतमा शम्भुकै शब्द छन्, तीनमा उनकै संगीत छन् । एउटा गीतमा अबर श्रेष्ठको शब्द÷संगीत छ भने एउटामा विवेक सिटौलाको संगीत छ ।

 

Leave A Comment