'कलाकार हुँ, राजनीति गर्न सक्दिनँ'

बुधबार, १५ बैशाख २०७३, ०७ : ३७
'कलाकार हुँ, राजनीति गर्न सक्दिनँ'

चर्चित बलिउड अभिनेत्री मनीषा कोइराला शनिवार काठमाडौँ आइपुगेकी छिन् । थुप्रै हिट सिनेमा दिइसकेकी नेपालकी अभिनेत्री कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छिन् । सोमवार राजधानीस्थित रसियन कल्चर सेन्टरमा आयोजित रुस्लान अमेजिङ एडभेन्चर म्युजिकल ब्रोडवे शोमा प्रमुख अतिथि बनेर आइपुगेकी मनीषासँग अनिल यादवले ‘अन द स्पट’ गरेको कुराकानी:

अहिले कुन प्रोजेक्टमा व्यस्त हुनुहुन्छ ?

मैले अघिल्लो वर्ष साउथ इन्डियन फिल्म 'गेम' गरेको थिएँ । त्यसको काम भइरहेको छ । अहिले एउटा हिन्दी सिनेमा गरिरहेको छु । निर्देशन, स्क्रिप्ट सबै राम्रा छन् । आशा छ फिल्म पनि राम्रो हुनेछ ।

'धर्मा'पछि नेपाली फिल्ममा कमब्याक हुनेबारे सोच्नुभएको छ कि छैन ?

त्यस्तो राम्रो फिल्मबाट अफर आएको त छैन । 'धर्मा' पनि आफ्नै परिवारभित्रबाट बनाएको हुनाले खेलेकी हुँ । मलाई चाहिँ अन्तर्राष्ट्रिय स्केलको नेपाली फिल्म निर्देशन गर्ने इच्छा छ । निर्देशन भनेको सजिलो कुरा होइन । स्क्रिप्ट र अन्य काममा एक/दुई वर्ष मेहनत गर्नुपर्छ । त्यसको लागि समय निकाल्दै छु ।

त्यो फिल्म कस्तो खालको हुनेछ ?

अहिले नै म भन्दिनँ । तर, यतिचाहिँ भन्छु– त्यो फिल्म अन्तर्राष्ट्रिय स्तरको हुनेछ । नेपाली फिल्म नै हुनेछ ।

कहिलेसम्म बन्छ त त्यो फिल्म ?

स्क्रिप्ट अहिले फाइनल भइसकेको छैन । आशा छ, सन् २०१६ को जुन– जुलाईतिर स्क्रिप्टको काम गर्छु । त्यसपछि बन्छ ।

फिल्मको 'कास्ट एन्ड क्रिउ' नेपालबाटै हुन्छन् कि बाहिरबाट ल्याउनुहुन्छ ?

सबै नेपालकै हुन्छन् ।

पछिल्लो समय बनिरहेका नेपाली फिल्मलाई कसरी लिइरहनुभएको छ ?

मैले पछिल्ला फिल्महरू त्यति हेर्न पाएकी छैन । त्यही भएर धेरै त थाहा छैन । तर, एउटा कुराचाहिँ थाहा छ कि अहिले अलिकति राम्रो–राम्रो सिनेमाहरू बन्दै छन् । भारतमा पनि पहिलेको स्टाइलभन्दा सिनेमा मेकिङमा निकै सुधार भइसकेको छ । यहाँ पनि भइरहेको छ भनेर मैले सुन्या हो । यहाँका फिल्म फेस्टिभलमार्फत युवा पुस्ताका फिल्महरू राम्रो भइरहेको प्रतिक्रिया पाइरहेको छु । यसरी गुड क्वालिटी सिनेमा बन्नु राम्रो कुरा हो ।

अहिले कुन प्रोजेक्टमा व्यस्त हुनुहुन्छ ?

मैले अघिल्लो वर्ष साउथ इन्डियन फिल्म 'गेम' गरेको थिएँ । त्यसको काम भइरहेको छ । अहिले एउटा हिन्दी सिनेमा गरिरहेको छु । निर्देशन, स्क्रिप्ट सबै राम्रा छन् । आशा छ फिल्म पनि राम्रो हुनेछ ।

'धर्मा'पछि नेपाली फिल्ममा कमब्याक हुनेबारे सोच्नुभएको छ कि छैन ?

त्यस्तो राम्रो फिल्मबाट अफर आएको त छैन । 'धर्मा' पनि आफ्नै परिवारभित्रबाट बनाएको हुनाले खेलेकी हुँ । मलाई चाहिँ अन्तर्राष्ट्रिय स्केलको नेपाली फिल्म निर्देशन गर्ने इच्छा छ । निर्देशन भनेको सजिलो कुरा होइन । स्क्रिप्ट र अन्य काममा एक÷दुई वर्ष मेहनत गर्नुपर्छ । त्यसको लागि समय निकाल्दै छु ।

त्यो फिल्म कस्तो खालको हुनेछ ?

अहिले नै म भन्दिनँ । तर, यतिचाहिँ भन्छु– त्यो फिल्म अन्तर्राष्ट्रिय स्तरको हुनेछ । नेपाली फिल्म नै हुनेछ ।

कहिलेसम्म बन्छ त त्यो फिल्म ?

स्क्रिप्ट अहिले फाइनल भइसकेको छैन । आशा छ, सन् २०१६ को जुन– जुलाईतिर स्क्रिप्टको काम गर्छु । त्यसपछि बन्छ ।

फिल्मको 'कास्ट एन्ड क्रिउ' नेपालबाटै हुन्छन् कि बाहिरबाट ल्याउनुहुन्छ ?

सबै नेपालकै हुन्छन् ।

पछिल्लो समय बनिरहेका नेपाली फिल्मलाई कसरी लिइरहनुभएको छ ?

मैले पछिल्ला फिल्महरू त्यति हेर्न पाएकी छैन । त्यही भएर धेरै त थाहा छैन । तर, एउटा कुराचाहिँ थाहा छ कि अहिले अलिकति राम्रो–राम्रो सिनेमाहरू बन्दै छन् । भारतमा पनि पहिलेको स्टाइलभन्दा सिनेमा मेकिङमा निकै सुधार भइसकेको छ । यहाँ पनि भइरहेको छ भनेर मैले सुन्या हो । यहाँका फिल्म फेस्टिभलमार्फत युवा पुस्ताका फिल्महरू राम्रो भइरहेको प्रतिक्रिया पाइरहेको छु । यसरी गुड क्वालिटी सिनेमा बन्नु राम्रो कुरा हो ।

नेपाली फिल्ममा तपाईंले महसुस गर्नुभएको समस्या के हो ?

हामीले आफ्नो क्रिएटिभिटीलाई बढी प्राथमिकता दिनुपर्छ । धेरै कमर्सियल्ली जानेभन्दा पनि आर्टिस्टिक स्टाइलले जानुपर्छ । हामीले आर्टलाई महŒव दियौँ भने अन्तर्राष्ट्रिय स्तरको सिनेमा बन्न सक्छ । खाली कमर्सियल फिल्मलाई मात्रै प्राथमिकतामा पारियो भने हाम्रो स्कोप सानो भएर जान्छ । दुनियाँभरको उदाहरण लिने हो सानो बजेटका फिल्म पनि विश्व स्तरीय छन् । साउथ अमेरिकन, इरानी सिनेमाहरू वल्र्ड क्लासका हुन्छन् । यस्ता फिल्म निकै आर्टिस्टिक हुन्छन् ।

हामी बढी कमर्सियल भइरहेका छौँ भन्न खोज्नुभएको हो ?

पहिले थियो । अहिले केही राम्रा र क्रिएटिभ निर्देशकहरू आएका छन् र राम्रा सिनेमा बनाएका छन् भन्ने मैले सुनेकी छु ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा तपाईंको उहाँसँग भेटघाट भएको थियो । त्यतिबेला केही महत्वपूर्ण कुरा भए कि ?

त्यस्तो खासै केही भएन । त्यो राजनीतिभन्दा संस्कृतिसँग सम्बन्धित थियो । एकअर्कालाई सहयोग गरेर अगाडि कसरी बढ्ने, काम गर्ने भन्नेबारे छलफल भएको थियो । भूकम्पको पीडा भोगिरहेको यस्तो बेलामा हामी कसरी एकजुट हुने भन्नेबारे कुराकानी भएको थिए ।

भविष्यमा राजनीतिमा प्रवेश गर्ने सोच छ ?

म कलाकार हुँ, राजनीति गर्न सक्दिनँ । म कलामा रमाउने मान्छे । राजनीतिमा रुचि छैन ।

तपार्इंको स्वास्थ्य अवस्था कस्तो छ अहिले ?

मेरो स्वास्थ्य अहिले बिलकुल ठीक छ ।

Leave A Comment