बिपाशा तत्काल आमा नबन्ने

बुधबार, ०८ मङि्सर २०७३, १० : १० शुक्रवार , Kathmandu
बिपाशा तत्काल आमा नबन्ने

विगत केही दिनयता बलिउड अभिनेत्री बिपाशा बसु गर्भवती भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो । यसले सर्वत्र चर्चा हासिल गरेपछि बिपाशा बसुले अन्ततः स्पष्टीकरण दिएकी छिन् ।
उनले अहिले आफू गर्भवती नभएको बताएकी छिन् । साथै, तत्काल आमा बन्ने सोच पनि आफूले नराखेको उल्लेख गरेकी छिन् । गत साता बिपाशा श्रीमान् करनसिंह ग्रोबरसँग महिला रोग विशेषज्ञसँग परामर्श लिन गएको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि बिपाशा गर्भवती भएको अनुमान गर्दै समाचार प्रकाशित हुने क्रम सुरु भएको थियो ।
‘म आमा बन्ने÷नबन्ने भन्ने कुरा मेरो घरायसी विषय हो । यसमा मिडियाले चिन्ता नलिदिए हुन्थ्यो,’ उनले भनेकी छिन् ।
 

Leave A Comment