इन्टरनेट विस्तारमा पोर्नको भूमिका

बुधबार, ०८ मङि्सर २०७३, १० : ०६ शुक्रवार , Kathmandu
इन्टरनेट विस्तारमा पोर्नको भूमिका

इन्टरनेटमा पोर्न सामग्री हेर्नेको संख्या दिनानुदिन बढ्दै छ । विश्वमा असंख्य पोर्न साइट उपलब्ध छन् । करोडौँ मानिस पोर्न सामग्री हेर्नकै लागि दिनहुँ इन्टरनेट चलाउँछन् ।
कतिपय देशमा यसलाई अवैध घोषित गरेर दण्डनीयसमेत बनाइए पनि मानिसहरूमा अनलाइन पोर्नको सोख घटेको छैन । इन्टरनेट पोर्नले विभिन्न खाले विकृति नल्याएको होइन । खास गरी बालबालिका र किशोरकिशोरीमा यसले नकारात्मक प्रभाव पारेको छ । यद्यपि, इन्टरनेट पोर्नका फाइदा यस्ता छन्ः
इन्टरनेटको विस्तार
नब्बेको दशकमा मानिसहरूलाई अनलाइनमा आउन सबैभन्दा धेरै प्रेरित गर्ने चिज पोर्न नै थियो । मानिसहरू इमेल हेर्ने, कुनै वेबसाइटबाट जानकारी लिने र पोर्न सामग्री हेर्नका लागि इन्टरनेटको सहारा लिन्थे ।
भिडियो स्ट्रिमिङ
भिडियो स्ट्रिमिङलाई अघि बढाउने श्रेय युट्युबलाई जाँदैन । पोर्न इन्डस्ट्रीले नै सबैभन्दा पहिलोपटक वेबपेजमा पोर्न भिडियो हालेको थियो । पोर्न उद्योगबाटै ठूला टेक कम्पनीहरूलाई थाहा भयो कि भिडियोमा धेरै क्षमता छ ।
स्टोरेज मार्केट
फ्लपी डिस्कबाट सुरु भएर सीडी, डीभीडी तथा फ्लास ड्राइभसम्मको स्टोरेज डिभाइसको विस्तारमा पोर्नको ठूलो भूमिका छ । क्लाउड स्टोरेजको मामिलामा पनि पोर्न उद्योगलाई नै श्रेय जान्छ । जुन समयमा इन्टरनेटका स्पिड स्लो थियो पोर्न सामग्रीलाई अनलाइनमै स्ट्रिम गर्नुको साटो डाउनलोड गरेर राख्ने कुरालाई प्राथमिकता दिइन्थ्यो । पोर्न सामग्री भएका डीभीडी र सीडी भाडामा लिएर हेर्ने चलन एकताका खूबै चल्तीमा थियो ।
उच्च गतिको इन्टरनेट
उच्च गतिको इन्टरनेट कनेक्सनका लागि पनि पोर्नले नै मानिसहरूलाई प्रेरित गरेको हो । हाइ रिजोलुसन कन्टेन्ट हेर्नका लागि मानिसहरूलाई डायलअप कनेक्सनको साटो उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट कनेक्सनमा रुचि बढ्यो ।
अनलाइन भुक्तानी
बीस वर्ष पहिले अनलाइन पेमेन्टको कुरा गर्दा पनि अनौठो लाग्थ्यो । मानिसहरू भर्चुअली पैसा खर्च गर्ने कुरालाई लिएर सहज मान्दैनथे । तर, पोर्न सामग्री हेर्नका लागि अनलाइनबाटै पैसा तिर्ने कुरामा भने मानिसहरूले धक फुकाउन थाले । अन्ततः अनलाइन पेमेन्ट तथा अनलाइन कारोबारको युग सुरु भयो ।
मोबाइल इन्टरनेट
पोर्न सामग्री हेर्ने माध्यमको रूपमा अहिले कम्प्युटरलाई स्मार्टफोनले जितिसकेको छ । अनलाइनमा रहनका लागि मोबाइल इन्टरनेट मानिसहरूको पहिलो रोजाइ बनिसकेको छ ।
भर्चुअल रियालिटी
पोर्न इन्डस्ट्रीकोे पछिल्ला सबैजसो इन्टरनेट ट्रेन्डमा प्रभाव रहेको छ । भर्चुअल रियालिटी टेक्नोलोजीमा पनि यसको असर रहने पक्का छ । भर्चुअल रियालिटी हेडसेट अझै खासै लोकप्रिय हुन सकिरहेको अवस्था छैन । ठूलो पोर्न साइटहरू अब भर्चुअल रियालिटीवाला पोर्न तयार गर्नमा जुटेका छन् । त्यसैले अब यो सम्भव छ कि मानिसहरूले भुर्चुअल रियालिटी ग्याजेटबाट पोर्न सामग्री हेर्ने लहडमा भर्चुअल रियालिटी कम्पनीलाई मालामाल गराउनेछन् ।

 

Leave A Comment