सन्तान जोलीसँग रहने

सोमबार, ०६ मङि्सर २०७३, ०१ : ४७ शुक्रवार , Kathmandu
सन्तान जोलीसँग रहने

अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद गरेपछि हलिउड अभिनेत्री एन्जेलिना जोली पहिलोपटक सबैभन्दा बढी खुशी भएकी छिन् । जोली र पिटले पालेका सबै धर्मसन्तान अबउप्रान्त जोलीसँगै बस्ने सहमति भएपछि उनी खुशी भएकी हुन् ।
सबै धर्मसन्तानलाई सुरुमा जोलीले ग्रहण गरेकी थिइन् । पछि पिटले जोलीसँगै धर्मसन्तानलाई पनि ग्रहण गरेका थिए । तर, पिटले आफ्ना सन्तानहरूसँग राम्रो व्यवहार नगरेको भन्दै जोलीले सम्बन्ध विच्छेद गर्ने निधो गरेकी थिइन् ।
जोलीका प्रवक्ताले भने, ‘सबै धर्मसन्तान अब जोलीसँगै रहने भएका छन् । पिटले उनीहरूसँग भेटघाट गर्न पाउनेछन् ।’

Leave A Comment