यसरी लाग्छ दाँतमा किरा

सोमबार, ०६ मङि्सर २०७३, ०१ : १२ शुक्रवार , Kathmandu
यसरी लाग्छ दाँतमा किरा

मानव शरीरको एकदमै महŒवपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महŒव खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ । दाँत नभएको खण्डमा मानिस उमेर नै नपुगी बुढ्यौली लागेको जस्तो देखिन्छ । दाँतसम्बन्धी जनचेतना अझै पनि आउन सकेको छैन । अन्य रोगका लागि लाखौँ खर्च गर्न तयार मानिसहरू दाँतको लागि पाँच सय वा हजार रुपैयाँ खर्च गर्न अझै पनि हिचकिचाउँछन् । दाँतबारे खासै चासो नदेखाउँदा विभिन्न खालका समस्या देखापर्दछन् । जसमा किरा लाग्नु पनि एक प्रमुख समस्या हो ।
दाँत यही उमेरबाट किराले खान्छ भन्ने हुँदैन । बच्चाहरूको कुरा गर्दा अगाडिको दाँतहरू प्रायः किराले खाएको हुन्छ । आमाबुबाले बच्चाको दूधे दाँतलाई खासै महŒवपूर्ण ठान्दैनन् । साटिने दाँतलाई किन खर्च गर्ने भन्ने धेरैको धारणा हुन्छ । तर, यो दाँत पनि उत्तिकै महŒवपूर्ण हुन्छ । दूधे दाँतले स्थायी दाँत ओगट्ने ठाँउ ओगट्ेको हुन्छ, जसले पछि आउने दाँत बांगोटिंगो हुँदैन । तीन वर्षमुनिका बालबालिबालाई रुवाइ कम गराउनको लागि रातदिन लामो समयसम्म स्तनपान वा बोतलबाट दूध खुवाउने चलन छ । यसरी गुलियो कुरा निरन्तर उनीहरूको मुखमा पर्दा दाँतमा किरा लाग्ने गर्दछ ।
हाम्रो मुखमा लाखौँको संख्यामा कीटाणु हुन्छन् । मुखमा हुने यस्ता कीटाणुलाई ब्याक्टेरिया भनिन्छ । कुनै ब्याक्टेरियाले खानेकुरालाई टुक््रयाएर मानिसले सजिलै पचाउन सक्ने बनाइदिन्छ भने एसिड उत्पादन गर्ने ब्याक्टेरियाहरू भने दाँतका शत्रु हुन् । स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुको कारण यसको बाहिरी भागलाई ढाक्ने कडा खालको इनामेल हो । इनामेल सेतो रङको हुन्छ । इनामेलले ढाकेकोभन्दा भित्रपट्टिको भागलाई डेन्टाइल भनिन्छ । यो इनामेलजस्तो कडा हुँदैन । त्यसैले मौका पाएको खण्डमा कीटाणुहरू सजिलै यसमा पस्न सक्छन् । डेन्टाइलभन्दा तलको भागलाई भने पप क्याभिटी भनिन्छ । एसिडले दाँतमा भएको इनामेललाई खियाइदिने काम गर्छ । मुखमा हुने ब्याक्टेरियाले भने दाँतमा अड्किएका खानेकुरालाई अमिलो एसिडमा परिवर्तन गरिदिन्छ । एसिडले दाँतमा भएको खनिज पदार्थ नष्ट गर्छ र दाँतमा प्वाल पार्छ । जसलाई हामी दाँतमा किरा लागेको भन्छौँ ।
बाहिरी तहमा मात्र किराले खाएको छ भने कालोकालो देखिन्छ । यो कुरा किरा लागेको मानिसलाई खासै अनुभव हँुदैन । इनामेललाई छेडेर डेन्टाइलमा किरा लागेपछि भने मानिसहरूलाई सेन्सिटिभिटीको अनुभव हुन्छ । सेन्सिटिभिटी हुँदा चिसोतातो खाने क्रममा दाँतमा सिरिङ्ङ हुने, गुलियो खाँदा दुख्नेजस्ता समस्या सिर्जना हुन्छ । पप क्याभिटीसम्म किरा लाग्दा नसाहरूको सहायतामा गालादेखि टाउकोको भाग सबै दुख्न थाल्छ । पप क्याभिटीसम्म किरा लागेपछि जरादेखिको उपचार गर्नैपर्छ ।
हामीले खानेकुरा खाइसकेपछि राम्रोसँग ब्रस नगर्ने कुल्ला नगरेपछि खानेकुरा अड्किने गर्छ । दाँतमा खानेकुरा अड्किएपछि ब्याक्टेरिया एक्टिभ हुने गर्छ । जसले मुख्य रूपमा दाँतको समस्या निम्त्याउछ । बुढाबुढीको हकमा हड्डी खिइदै जान्छ र गिजा पनि ठाँउभन्दा तल झर्छ । यसरी दाँतहरूको बीचमा खाली ठाउँ हुन्छ । खाली ठाउँमा खानेकुरा अड्किने भएको कारणले बुढाबुढीको धेरै नै दाँतमा किरा लाग्छ ।
दाँतको कारण उत्पन्न हुने यस्ता खाले समस्याबाट बच्नका लागि दाँतमा टाँसिने, गुलियो वा कार्बोहाइड्रेटयुक्त र पाकेटबन्दी खानेकुराको कम मात्रामा प्रयोग गर्नुपर्दछ । त्यस्ता खानेकुरा खाइसकेपछि अनिवार्य रूपमा मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । किरा लाग्न नदिनको लागि बिहान र बेलुका दुई पटक ब्रस गर्ने बानी बसाल्नुपर्छ । बिहानभन्दा पनि बेलुुका सुत्नुभन्दा अगाडि ब्रस गर्नु अनिवार्य छ । किनभने, दिउँसो हामीले बोल्ने खाने विभिन्न बहानामा मुुख चलाइरहेका हुन्छौँ । तर, सुतेको बेलामा खासै मुख चलाइँदैन । यस कारण पनि ब्याक्टेरिया चनाखो भएर दाँतलाई हानि पु¥याउछन् । त्यसैले बेलुका ब्रस गर्नैपर्छ । त्यस्तै खानेकुरा खाइसकेपछि कुल्ला गर्ने बानी पनि बसाल्नुहुन्छ । दाँतमा किरा नै लागिसक्यो भने डाक्टरलाई देखाएर उसको सल्लाहबमोजिम उपचार गर्नुपर्छ । किरा लागेको मानिसहरूले फाइबर भएको खानेकुराहरू खानु राम्रो । मञ्जनको प्रयोग गर्दा फ्लोराइड भएको मञ्जनको प्रयोग गर्नुपर्छ । यसले पनि दाँतलाई किरा लाग्नबाट रोक्छ । कोही मानिसहरूले घोटेपछि दाँत सेतो र सफा हुन्छ भनेर कडा खालका ब्रसको प्रयोग गर्छन्, त्यो एकदमै गलत हो । यस्ता खाले सोचमा परिवर्तन ल्याउनुपर्छ । हामीले सकेसम्म नरम खालका ब्रसको प्रयोग गर्नुपर्छ । अन्ततः छ महिनामा एक पटक दाँतको चेकअप गराउनु पनि उत्तिकै आवश्यक छ ।  
(डेन्टल सर्जन डा. सुम्निमा शर्मासँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17