नेपालमा आइफोन ७ को बिक्री हुने

सोमबार, ०६ मङि्सर २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
नेपालमा आइफोन ७ को बिक्री हुने

एप्पलको आइफोन ७ र आइफोन ७ प्लस स्मार्टफोनको बिक्री नेपालमा पनि हुने भएको छ । नेपालका लागि आइफोनको आधिकारिक वितरक जेननेक्स्ट कम्युनिकेसनले मंसिर ३ गतेदेखि आइफोन ७ सेरिज बिक्री गर्ने जनाएको छ । तर, पहिला प्राथमिकता भने प्री–बुकिङ गर्ने ग्राहकलाई दिने बताइएको छ ।
नयाँ आइफोनमा एकवर्षे वारेन्टी दिइएको र दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भइसकेको जेननेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले जानकारी दिए ।
हाल आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रङमा उपलब्ध छ । यस्तै स्टोरेज क्षमताका आधारमा ३२, १२८ र २५६ गरी तीन श्रेणीका क्षमतामा दुवै सेरिजका फोन उपलब्ध छन् ।
आइफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरकफरक छ । ३२ जीबीको आइफोन ७ को मूल्य ९१ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ को मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ छ । यसै गरी २५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ छ ।
ठूलो आकारको आइफोन ७ प्लस भने अलिक महँगो पर्छ । ३२ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ प्लसलाई १ लाख २२ हजार ५ सय रुपैयाँ पर्छ । यस्तै २५६ जीबीको आइफोन ७ प्लसलाई १ लाख ३६ हजार रुपैयाँ पर्छ । यो मूल्य नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो ।

 

Leave A Comment