श्रद्धाको चर्काे फ्यान

सोमबार, ०६ मङि्सर २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
श्रद्धाको चर्काे फ्यान

फ्यानहरू सेलिब्रिटीको पछि लागेर वाक्कदिक्क लगाउने गरेको प्रसंग बेलाबेलामा सुन्न पाइन्छ । पिछा गर्नेहरूबाट चर्चित कलाकार अक्सर तर्किने गर्छन् । तर, बलिउड अभिनेत्री श्रद्धा कपुरले आफ्नो पिछा गर्ने एक जना फ्यानलाई मख्ख पारेकी छिन् ।
गत साता श्रद्धा एउटा कार्यक्रमा सरिक हुन निस्किएकी थिइन् । त्यसअघि पनि उनी एउटा फिल्मको छायांकनमा थिइन् । छायांकनस्थलदेखि नै एक युवकले उनको पिछा गर्न सुरु गरेका थ्एि । कार्यक्रममा पुगेपछि श्रद्धाले ती फ्यानलाई स्टेजमा बोलाइन् र सबैको अगाडि उनको परिचय मागिन् । ‘बिहान घरबाट निस्किएपछि अहिलेसम्म आज मात्रै उहाँलाई मैले १७ पटक देखेँ । फिल्म सेटमा पनि उहाँ हुनुहुन्थ्यो । यहाँ पनि हुनुहुन्छ । बिहान मेरो घरवरिपरि घुमेको पनि देखेको थिएँ । मलाई यति धेरै मन पराइदिनुभएकामा म उहाँलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन् ।

 

Leave A Comment