दुष्कीर्ति मृत्युबराबर

आइतबार, ०५ मङि्सर २०७३, १० : ५८ शुक्रवार , Kathmandu
दुष्कीर्ति मृत्युबराबर

दयाहीनता, व्यर्थ कलह गर्ने बानी, अर्काको धन र परस्त्रीमा तृष्णा राख्नु, सज्जनसँग र आफ्नो परिवार सदस्यप्रति असहनशील हुनु यी सबै दुर्जनका स्वभावसिद्ध बानीबेहोरा हुन् ।
दुर्जन व्यक्तिले सज्जनका सबै गुणलाई दोषको रूपमा लिने गर्छन् । दुष्टहरूले सत्पुरुषको रहँदै आएको लज्जाशील स्वभावलाई मूर्खता हो भन्ने ठान्छन् । सज्जन पुरुषले गर्ने व्रत र उपासना आदिलाई पाखण्डीपन सम्झन्छन् । सत्पुरुषको शुद्धतालाई शठपनाको संज्ञा दिने गर्छन् । वीरता र पराक्रमीपनलाई निर्दयता भन्ने गर्छन् । मीठो मिजास भएकालाई दीनता (गरिबी) ठान्छन् । तेजस्वीलाई अभिमानी र असल प्रखर वक्तालाई वाचाल वा बकबके भनी पुकार्छन् । स्थिर चित्त भएको मान्छेलाई सामथ्र्यहीनको संज्ञा दिने गर्छन् । यसैले दुर्जनद्वारा कलकिंत नतुल्याएको गुणी व्यक्तिका कुनै पनि गुण बाँकी छैनन् ।
जसमा लोभ छ, उसलाई अन्य अवगुणको जरुरत पर्दैन । पछाडिबाट प्रहार गर्ने बानी जसको छ, त्यस्तो महापापीलाई पापहरूको के मतलब हुन्छ र ! जो व्यक्तिमा सत्यता छ, उसलाई तपस्या गरिरहनुपर्दैन । जसको मन शुद्ध छ, उसलाई तीर्थ धाइरहनुपर्दैन । सज्जनता भएको व्यक्तिलाई अन्य कुनै गुण चाहिँदैन । जसको सुकीर्ति फैलिएको छ, उसलाई गहनाको जरुरत पर्दैन । ज्ञानी पुरुषलाई धनदौलतको महŒव छैन । दुष्कीर्ति फैलिएको अवस्थामा मृत्युको दरकार छैन ।
भर्तृहरि

Leave A Comment