‘संगीतले दुई छाक खुवाइरहेको छ’

शनिबार, ०४ मङि्सर २०७३, ०१ : ५५ शुक्रवार
‘संगीतले दुई छाक खुवाइरहेको छ’

सुर संवाद

बादल प्रसाईं, पपगायक

केमा व्यस्त हुनुहुन्छ ?
कन्सर्टको सिजन सुरु भयो । वीरगञ्ज, हेटौंडा, राजविराजतिर कार्यक्रममा जाँदै छु । नयाँ गीतको तयारीमा पनि छु ।

गाउन थालेको कति वर्ष भयो ?
आठ वर्ष ।

संगीतमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
सानो छँदा स्कुल र देउसीभैलोका बेला खूब गाइन्थ्यो । त्यत्तिकैमा गाउने रहर जाग्यो । संघर्ष गर्न काठमाडौँ छिरियो । त्यसपछि सुरु भयो संगीत यात्रा ।

आफ्ना गीतमा आफैँ मोडलिङ गर्नुहुन्छ नि, किन ?
मलाई आफ्नो गीतमा आफैँ अभिनय गर्दा बढी न्याय दिन सकिन्छ कि भन्ने लाग्छ ।

कस्ता–कस्ता गीत गाउन मन पर्छ ?
टिपिकल पप गीत गाउन रुचाउँछु ।

पपगायनमै किन मोह ?
सानैदेखि नवीन के भट्टराई, अनिल सिंह, सुगम पोखरेललाई सुन्ने बानी भएर होला, पपगायनमै रहर जाग्यो ।  

संगीत क्षेत्रमा टिक्न कत्तिको गाह्रो छ त ?
साइड बिजनेसविना संगीतमा टिक्न गाह्रो  । कि त ‘फ्यामिली स्ट्रङ’ हुनुपर्छ । त्यत्तिकै त गाह्रो छ ।

आफूलाई बढी चिनाएको गीत कुन हो जस्तो लाग्छ ?
‘झिल्के बादल’ र ‘यसपालि दसैँमा’बोलका गीतले नै हुन् मलाई चिनाएको ।

के–के बजाउनुहुन्छ ?
गिटार र ड्रम बजाउँछु ।

संगीत सिक्नुभएको छ ?
प्रमोद निर्वान र प्रवीन निर्वानसँग चावहिलमा एक वर्ष सिकेको थिएँ ।

यो क्षेत्रको के कुराले बढी चित्त दुख्छ ?
आफ्नोलाई काखा अरूलाई पाखा गर्ने यस क्षेत्रका मानिसको व्यवहारले चित्त दुखाउँछ ।

तपाईंका लागि संगीत के हो ?
पहिले साधना थियो । अहिले संगीतले दुई छाक भात खुवाइरहेको छ ।

 

Leave A Comment