रेस्टुरेन्टमा सोनाक्षी

शुक्रबार, २६ कार्तिक २०७३, १२ : ५२ शुक्रवार , Kathmandu
रेस्टुरेन्टमा सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनका साथी बन्टी सचदेवबीचको सम्बन्धबारे मिडियामा बेलाबेलामा चर्चा हुने गर्छ । दुवैले एकअर्कालाई ‘राम्रो’ साथी बताउने गरे पनि उनीहरूबीचको सम्बन्ध असल मित्रताभन्दा माथिल्लो स्तरको हो भन्ने सुनिन्छ । यस्तो चर्चालाई थप बल पु¥याउनेगरी सोनाक्षी गत साता बन्टीसँग रेस्टुरेन्टमा देखा परिन् ।
‘मुम्बईको एउटा नाइट क्लबअगाडिको रेस्टुरेन्टमा उनीहरूले डिनर गरेका थिए । कालो पहिरनमा सजिएकी सोनाक्षी राम्री देखिएकी थिइन्,’ समाचारमा भनिएको छ । केही घण्टा रेस्टुरेन्टमा बसेर कुराकानी र खानपान गरेर उनीहरू बाहिर निस्किएको र बाहिर निस्किने बेलामा बन्टीले सोनाक्षीलाई सेतो कपडामा बेरेको पार्सल उपहार दिएको समाचारमा जनाइएको छ ।

 

Leave A Comment