शासकको व्यवहार

बुधबार, ०८ असार २०७३, १० : ०० शुक्रवार , Kathmandu

शासकले शत्रुसँग गरिने र गरिएका सम्झौताअनुसार कार्य गर्नुपर्दा एकआपसमा लिखित रूपमा भएकै भए पनि त्यसमा विश्वास र भरोसा गर्नु हुँदैन । आफ्नो काम सकिएपछि बुद्धिमान् व्यक्तिहरू पहिले गरेका सम्झौताबाट मूक हुन पुग्दछन् ।
शत्रुसँग समान मिजास देखाएर सान्त्वना दिँदै रहनुपर्छ । जसरी सर्प भएको घरमा बस्ने मान्छेहरू सर्पदेखि भयभित हुन्छन्, शत्रुलाई पनि त्यस्तै भयभित राख्नुपर्छ । संकट पर्नाले जसको बुद्धि पीरैपीरले ढाकिएको छ, त्यसलाई रामचन्द्र र नलराजाका दुःखपूर्ण कथाहरू सुनाएर सान्त्वना दिने गर्नुपर्छ । बुद्धि–विवेक नभएकालाई भविष्यको आशा देखाउँदै गरेर अनि विद्वान् व्यक्तिलाई तत्कालै धनदौलत आदि दिएर शान्त तुल्याउनुपर्छ ।
आफ्नो ऐश्वर्र्य र प्रगति चाहने शासकले अवस्था हेरेर शत्रुलाई पनि नमस्कार गर्नुपर्छ, प्रतिज्ञा र बाचाबन्धन गर्नुपर्छ, आश्वासन वा विश्वास दिन पछि नपरेर गोडा ढोग्दै कुराकानी गर्नुपर्छ । यतिमात्र होइन, शत्रुलाई विपत् पर्दा धैर्य धारण गर्न उत्प्रेरित गर्दै शत्रुको आँशुसमेत पुछिदेओस् ।
समयमा परिवर्तन आएर आफ्नो अनुकूल नभएसम्म शत्रुलाई काँधमा नै बोकिरहनुपरे पनि बोक्ने गर्नुपर्छ । जब आपूmलाई अनुकूल परेको समय आउँछ, त्यतिबेला काँधमा बोकेको माटोको गाग्रोलाई ढुंगामा पछारेर फोरे भैmँ शत्रुलाई पनि पछार्नुपर्छ । सखाप पार्नुपर्छ ।
दुई घडी समय नै भए पनि तिन्दुक (भक्के अमिलो) को अगुल्टोजस्तै चट्चटाएर (पड्कँदै) बले जस्तै बल्ने अनि निभिहाल्नुपर्छ । अर्थात्, आफ्नो रिसलाई काबूमा राख्नुपर्छ । भुसको भुंग्रो समान फुसफुसाएर धुवाँ निकाल्दै धेरै समयसम्म रहिरहनु हुँदैन ।
कणिकनीति

 

Leave A Comment