धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

शुक्रबार, २६ कार्तिक २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी थालिएको छ । पुष २७ देखि माघ २ सम्म हुने महोत्सवका लागि केपी पाठकको संयोजकत्वमा मूल समिति र फिल्म निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । अखिल नेपाल चलचित्र संघको आयोजनामा हुने पहिलो महोत्सव एक नम्बर प्रदेश र हरेक वर्ष अन्य प्रदेशमा गरिने मूल संयोजक पाठकले बताए । महोत्सवमा सन् २०१४ पछि निर्माण भएका र अंग्रेजी सबटाइटल भएका फिल्म सहभागी हुन पाउने आयोजकले जनाएको छ । स्थानीय फिल्मलाई प्रवद्र्धन गर्न एक नम्बर प्रदेशका भने सन् २०१२ पछि निर्माण भएका भए पनि सहभागी गराइने बताइएको छ ।

अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट फिल्मलाई एक हजार डलरसहित  गौतम बुद्ध अवार्ड र उत्कृष्ट डकुमेन्ट्रीलाई पाँच सय डलरसहित सगरमाथा अवार्ड प्रदान गरिने तथा उत्कृष्ट अल्टरनेटिभ फिल्मलाई रारा अवार्ड प्रदान गरिने पाठकले बताए । त्यस्तै, राष्ट्रिय फिल्मतर्फ विजेताहरूलाई एक नम्बर प्रदेशकै पहिचान झल्किनेगरी सिरीजंगा अवार्ड, रामकुमार राई अवार्डजस्ता अवार्ड प्रदान गरिने संयोजक पाठकले बताए । महोत्सवमा ४० वटा फिल्म प्रदर्शन गरिनेछन् ।

Leave A Comment