केकीको ‘इन–आउट’

शुक्रबार, २६ कार्तिक २०७३, ११ : ४५ शुक्रवार , Kathmandu
केकीको ‘इन–आउट’

लामो समयपछि फिल्ममा फिरेका अभिनेता रमेश उप्रेती आफैँले निर्माण गर्न लागेको फिल्म ‘ऐश्वर्या’मा अभिनेत्री केकी अधिकारीले खेल्ने पक्कापक्की थियो । तर, केही समयअघि उनले फिल्म नखेल्ने खबर मिडियामा आयो । कारण– अर्कै फिल्मको छायांकनका कारण समय दिन नसकेको । तर, फेरि अहिले खबर आएको छ– केकीले छाडेको ‘ऐश्वर्या’ खेल्ने । बुझिएअनुसार केकीले अभिनय गर्ने भनिएका दुई फिल्म ‘घामपानी’ र ‘ऐश्वर्या’ एउटै समयमा छायांकन हुने भएपछि उनले ‘घामपानी’ रोजेकी थिइन् । तर, कारणवश ‘ऐश्वर्या’को छायांकन भर्खरै सुरु भएको छ भने  ‘घामपानी’को सकिइसकेको छ । यता निर्माण युनिट समय मिल्ने भएपछि ‘आउट’ भएकी केकी फेरि ‘इन’ भएको बताइरहेको छ । खास कारण जेसुकै होस्, केकीको ‘इन–आउट’ खबरले भने नेपाली फिल्म जगत्मा राम्रै चर्चा पायो ।

Leave A Comment