किम्ती ‘मिस लिटल नेवाः’

बिहिबार, २५ कार्तिक २०७३, ०१ : २९ शुक्रवार , Kathmandu
किम्ती ‘मिस लिटल नेवाः’

नेपलिज फेसन होमले आयोजना गर्दै आएको मिस लिटल नेवाःको दशौँ संस्करण राजधानीमा सम्पन्न भएको छ । सेन्ट जेभियर्स स्कुलमा अध्ययनरत किम्ती श्रेष्ठले यस वर्षको उपाधि हात पारेकी छिन् । त्यस्तै श्रीलता शाही फस्ट र महिता श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । प्रतियोगितामा दर्जनभन्दा बढी विधामा उपाधि प्रदान गरिएको थियो । कार्यक्रममा सोनिमा महर्जन ‘मिस इनोसेन्ट’, श्रेया महर्जन ‘मिस फ्रेन्डसिप’, आयुषा श्रेष्ठ ‘मिस चार्मिङ’, आयना शाक्य ‘बेस्ट स्माइल’, अनुष्का महर्जन ‘मिस पर्सानालिटी’ घोषित भएका थिए ।

Leave A Comment