हेमन्तको ‘जमिनमुनि बदाम फल्यो’

बिहिबार, २५ कार्तिक २०७३, ११ : ०१ शुक्रवार , Kathmandu
हेमन्तको ‘जमिनमुनि बदाम फल्यो’

गायक हेमन्त शर्माको ‘जमिनमुनि बदाम फल्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द र संगीत शिव हमालको रहेको छ । श्यामश्वेत रसाइलीको म्युजिक एरेन्जमेन्ट रहेको गीतको भिडियो निर्देशन हेमन्त स्वयंले गरेका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका छन् ।
सत्य–स्वरूपको ‘प्रारम्भ’
गायकद्वय  सत्य–स्वरूपराज आचार्यको १२ औँ एल्बम ‘प्रारम्भ’ बजारमा सार्वजनिक भएको छ । संगीतकार आरसी थापाको एकल संगीत रहेको एल्बममा सातवटा गीत समावेश छन् । एल्बममा आरसी थापा, विष्णु सुवेदी, कुलराज थापा, रमेश दाहाल र कल्पना अधिकारीका शब्द रहेका छन् ।
सरुको ‘हिमाल हल्लाउन सक्छु’
गायिका सरु गौतमको ‘हिमाल हल्लाउन सक्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई सुभाष पुरीले साथ दिएका छन् । प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका छन् । सुरजसिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल निराजन प्रधान फिचरिङ छन् ।
मिराको ‘बहार’
गायिका मिरा कार्कीको आधुनिक गीतिसंग्रह ‘बहार’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठ र संगीतकार प्रकाश गुरुङले संयुक्त रूपमा संग्रह सार्वजनिक गरेका थिए । ‘बहार’भित्र पाँच गीत छन् । सबै गीतमा संगीतकार बीबी अनुरागीले संगीत गरेका छन् भने एउटा गीतमा प्रमोद खरेलको स्वर रहेको छ ।

 

Leave A Comment