रहेनन् पत्रकार न्यौपाने

बिहिबार, २५ कार्तिक २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
रहेनन् पत्रकार न्यौपाने

पत्रकार सञ्जय न्यौपानेको गत शनिवार उपचारको क्रममा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको छ । उनी ४५ वर्षका थिए । उनी एक वर्षदेखि स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित थिए । यसअघि उनको भारत हरियाणस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । उनी पछिल्लो पटक कात्तिक १० गते मेदान्तमा उपचार गराएर फर्किएका थिए । डेढ दशक कान्तिपुर दैनिकमा आर्थिक पत्रकारिता गरेका न्यौपाने २०७० असारदेखि २०७२ चैतसम्म कारोबार आर्थिक दैनिकको सम्पादक थिए । न्यौपाने आर्थिक पत्रकार समाज (सेजन) का पूर्वउपाध्यक्षसमेत थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

Leave A Comment