रहेनन् वरिष्ठ फिल्म प्राविधिक चौधरी

बिहिबार, २५ कार्तिक २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
रहेनन् वरिष्ठ फिल्म प्राविधिक चौधरी

नेपाली फिल्मका वरिष्ठ सहायक छायाकार महानन्द चौधरीको मंगलवार निधन भएको छ । उच्च रक्तचापका बिरामी चौधरीको इटहरीस्थित आफ्नै घरमा निधन भएको हो ।
फिल्म ‘पिरती’ बाट फिल्म क्षेत्रमा काम सुरु गरेका चौधरीको ४९ वर्षको उमेरमा निधन भएको हो । नेपाल चलचित्र प्राविधिक संघले चौधरीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । संघले उनको सम्मानमा बुधवार एक दिनका लागि सम्पूर्ण फिल्मको छायांकन समेत रोकेका चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।  

चौधरीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनले ‘हाम्रो जिन्दगी’, ‘आवाज’, ‘जीवनदान’, ‘छहारी’, ‘ठूले’ लगायत फिल्ममा प्राविधिकका रूपमा काम गरेका थिए । उनले आफ्नो मातृभाषा थारुमा पछिल्लो समय एक फिल्म निर्माणसमेत गरेका थिए ।

Leave A Comment