सोनाक्षीको स्टन्टबाजी

आइतबार, २१ कार्तिक २०७३, १० : ५३ शुक्रवार , Kathmandu
सोनाक्षीको स्टन्टबाजी

सधँै चकलेटी युवतीको भूमिकामा देखिँदै आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘अकिरा’मा मार्सल आट्र्सका केही कला प्रस्तुत गरेकी छिन् । यसका लागि उनले मार्सल आट्र्ससमेत सिकेकी थिइन् । बोल्ड युवतीको अभिनय गर्दा रमाइलो लागेर होला, उनले यस्तै खालको अर्को फिल्ममा समेत काम गरेकी छिन् ।
अभिनेता जोन अब्राहमको चर्चित फिल्म ‘फोर्स’को सिक्वेल ‘फोर्स–२’ बन्ने तय भएको छ । यसमा सोनाक्षीले जोनको अपोजिट भएर काम गर्नेछिन् । ‘फिल्ममा जोनसँगै सोनाक्षीको समेत केही साहसिक स्टन्ट देख्न पाइनेछ । हंगेरीको राजधानी बुडापेस्टमा भएको छायांकनमा स्टन्ट गरेर सोनाक्षीले आफूलाई साहसी स्टन्टबाजका रूपमा समेत प्रमाणित गरेकी छिन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment