जिउँदाको मलामी !

आइतबार, २१ कार्तिक २०७३, १० : ५१ शुक्रवार , Kathmandu
जिउँदाको मलामी !

मलामी मृतकको गइन्छ । जिउँदो व्यक्तिको पनि मलामी गइने कुरा अस्वाभाविक लाग्छ । तर, क्युबामा यस्तो हुने गर्छ । त्यहाँ हरेक वर्ष हुने मदिरा महोत्सवमा जिउँदो व्यक्तिलाई शवझैँ बोकेर चिहानतर्फ लगिन्छ । तर, चिहानमा लगेर जीवित शवलाई साँच्चिकै गाडिँदैन । त्यहाँ ठूलो उत्सव हुन्छ ।
यस्तो चलन क्युबामा ३० वर्षअघिदेखि चल्दै आएको हो । शवलाई चिहानमा लगेर गाडेजस्तो गरिन्छ । शव पुरुषको हुने भएकाले विधुवा बनेर एउटी युवती शवछेउमा बसेर धुमधामसँग रोइरहेकी हुन्छिन् । बाँकी मलामी चाहिँ मदिरा पार्टी गरेर चिहानमै रमाइलो गरिरहेका हुन्छन् । सन् १९८४ मा पहिलोपटक यस्तो पर्व मनाइएको थियो । त्यसयता हरेक वर्ष मनाउँदै आइएको छ ।

Leave A Comment