ट्रम्पविरोधी चित्रकार

शुक्रबार, १९ कार्तिक २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
ट्रम्पविरोधी चित्रकार

केही साताअघि अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले एउटी युवतीतर्फ औँल्याउँदै ‘त्यसको योनी अँठ्याउन मन छ’ भनेको सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो । उनको आलोचना गर्नेहरूको लहरमा डेभिसन नाम गरेकी क्यानडाली चित्रकारसमेत थपिएकी छिन् । उनले आफ्नो योनीको सहयोगले ट्रम्पको चित्र बनाएर विरोध व्यक्त गरेकी थिइन् । योनीमा रङ लगाएर यसलाई क्यान्भासमा दली उनले चित्र बनाएकी हुन् ।
‘योनीले चित्र कोर्न अप्ठेरो हुँदो रहेछ । तर, पनि ट्रम्पको विरोधमा मैले अप्ठेरो काम पनि गर्नैपर्छ भन्ने निधो गरेँ । किनकि, ट्रम्प अमेरिकी नागरिका लागि मात्र नभई सम्पूर्ण संसारका लागि एउटा विकराल समस्या हुन्,’ उनले भनिन्, ‘मेहनतपूर्वक चित्र कोरे पनि यो ट्रम्पजस्तो देखिएन । तर, पनि सांकेतिक रूपमा विरोध गर्न सकेकोमा खुशी छु ।’

Leave A Comment