महिनावारीमा यौन सम्पर्क राख्नु राम्रो

बिहिबार, १८ कार्तिक २०७३, १२ : ३४ शुक्रवार , Kathmandu
महिनावारीमा यौन सम्पर्क राख्नु राम्रो

तीन हप्ताअघि एकजना केटा साथीसँग मेरो सेक्स भयो । उसले कन्डम प्रयोग नगरे पनि योनीबाहिर वीर्य स्खलन गरेको थियो । पहिले–पहिलेको महिनाको हिसाबले मेरो महिनावारी आजभोलि हुनुपर्ने हो । अहिलेसम्म भएको छैन । मलाई एकदमै डर लागिरहेको छ । बाहिर स्खलन गरेपछि त गर्भ रहँदैन नि, होइन र ?
एम

कन्डम प्रयोग नगरेको बेला बाहिर स्खलन गर्नु सुरक्षित उपाय मान्ने धेरै छन् । समागमको बेला पुरुÈले लिंगलाई योनीबाट बाहिर निकालेर स्खलन ग¥यो भन्दैमा गर्भ रहने सम्भावना रहँदैन भन्ने हुँदैन, किनभने सम्भोगको बेला पुरुÈको लिंगबाट निस्कने चिप्लो तरल पदार्थस“ग शुक्रकीटहरू पनि मिसिएर आएका हुन्छन् । महिलालाई गर्भवती बनाउन थोरै त्यस्तो तरल पदार्थ योनीमा भए पुग्छ । स्खलनअगावै पुरुÈको लिंगमा प्री–कमका रूपमा यो आइरहेको हुन्छ । तपाईंको महिनावारी समयमा हुन्थ्यो कि हुँदैनथ्यो, त्यो पनि महŒवपूर्ण छ । महिनावारी समयमै हुन्थ्यो र एक महिनाको अन्तरालमै हुन्थ्यो भने, तपाईंको सम्पर्क गरेको समय झनै असुरÔित देखिन्छ । त्यसमाथि तपाईंले असुरक्षित यौन सम्पर्क गर्नुभएको छ । गर्भवती भए÷नभएको पत्ता लगाउन नजिकको अस्पतालमा गएर जाँच गराउनुहोला । असुरÔित यौन सम्पर्क गर्नु भनेको धेरै समस्यालाई निम्त्याउनु हो, यौनरोगदेखि लिएर अनिच्छित गर्भसम्म । अब आइन्दा यस्तो गल्ती कहिल्यै नगर्नुहोला ।
मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?
 
सी

महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हँुदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।
मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।
सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।

 

 

Leave A Comment