नेपालीको साझा नेपाल संवत्

शनिबार, १३ कार्तिक २०७३, ११ : ०७ शुक्रवार , Kathmandu
नेपालीको साझा नेपाल संवत्

नेपाल संवत्को एक दिन हजारौँ मोटरसाइकल र गाडीको ¥याली गरिन्छ । कुनै समय सरकारको आँखा खुलाउन र जनतालाई चेतना दिन ¥यालीले काम ग¥यो होला । तर, यसरी हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ¥याली अहिलेको समयमा उपयुक्त छैन ।
भक्तपुरका मानिसहरू काठमाडौँसम्म बालुवा लिन आएको देखेर एकजना व्यापारी शंखधर साख्वाले चासो दिए । उनीहरूलाई फकाएर उनले सबै बालुवा आफ्नो घरको छिँडीमा राख्न लगाएर अर्को बालुवा भक्तपुर पठाएका थिए । शंखधरले राखेको बालुवा भोलिपल्ट सबै सुन भएपछि उनले लोककल्याण गर्ने विचार गरे ।
नेपाल संवत्ले हाम्रो देश नेपाललाई चिनाउँछ । यो कुनै समुदायको संवत् होइन । यो नेवार, तमाङ, क्षत्री कसैको होइन । हामी सबै नेपालीको साझा संवत् हो । नेपालकै नामबाट संवत् फेरिने भएकाले यसमा हामीले गर्व गनुपर्छ ।

–ओम धौभडेल

इतिहासमा नेपाल संवत्
नेपाल संवत् सुरु भएको ११३६ वर्ष नागेर ११३७ वर्ष लाग्यो । वि.सं. ९३६ मा अर्थात् ११३७ वर्षअघि काठमाडौँ उपत्यकाका जनताको ऋण तिरेर चलाएको संवत् नेपाल संवत् हो । त्यो बेला नेपालमण्डलको तत्कालीन राजधानी भक्तपुर थियो । किंवदन्तीअनुसार त्यो बेलाका राजा आनन्ददेव मल्ल भनिएता पनि ऐतिहासिक रूपमा त्यो बेलाका राजा राघवदेव भएको पाइन्छ । प्रचलित ऐतिहासिक भनाइअनुसार ज्योतिषहरूले आफूले निकालेकोे शुभ साइतमा भद्रमती र विष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए सुनमा परिणत हुन्छ भनी भादगाउँका राजा राघवदेवलाई भनेका थिए । सोहीबमोजिम राजाले शुभ साइतमा बालुवा झिक्न भक्तपुरका बासिन्दालाई पठाए । भक्तपुरका मानिसहरू काठमाडौँसम्म बालुवा लिन आएको देखेर एकजना व्यापारी शंखधर साख्वाले चासो दिए । मानिसहरूलाई फकाएर उनले सबै बालुवा आफ्नो घरको छिँडीमा राख्न लगाएर अर्को बालुवा भक्तपुर पठाएका थिए । शंखधरले राखेको बालुवा भोलिपल्ट सबै सुन भएपछि उनले लोककल्याण गर्ने विचार गरे भनिन्छ । उनले त्यही सुनबाट कान्तिपुर र भादगाउँका जनताहरूको ऋण तिरेर नेपाल संवत् १ सुरु गरेको पाइन्छ । भक्तपुरमा ल्याएको बालुवा सुन नभएपछि भक्तपुरका ज्योतिष सिद्धिवन्त जोशीले भने आफ्नो शास्त्र गलत भयो भनेर जलाएको समेत इतिहास छ । पछि बालुवामा सुनका कणहरू देखिएपछि शास्त्र झुटो नभएको तर किसानहरूले बदमासी गरेको भन्ने किंवदन्ती पनि रहिआएको छ । नेपाल संवत्लाई लामो समयसम्म एकजना सर्वसाधारण व्यापारीले चलाएको भनेर प्रयोगमा ल्याइएन । तर, पछि तत्कालीन मल्ल राजाहरूले यो संवत्लाई महŒवका साथ प्रयोग गरेको पाइन्छ । त्यस्तै, मल्लकालको स्वर्ण युगमा भक्तपुर, काठमाडौँ, पाटन र बाहिरका राजाहरूले समेत नेपाल संवत्लाई राजकीय संवत्का रूपमा प्रयोग गरेको इतिहास छ । सुरुमा उनीहरूले नेपाल संवत् भनेर नामाकरण नगरिएको भए पनि संवत् भनेर मात्र उल्लेख गरेको देखिन्छ ।
व्यावहारिक संवत्
नेपाल संवत् अत्यन्तै व्यावहारिक संवत् हो । यसमा ‘कछला थो’ र ‘कछला गा’ भन्ने हुन्छ । चन्द्रमाको घुम्ने आधारमा १५÷१५ दिनमा थो बाट गामा परिवर्तन हुन्छ । वर्षमा २४ पटक यसले रूप परिवर्तन गर्छ । तिथिको कुरा गर्नुपर्दा नेपाल संवत् सूर्यको गति अनुसारले होइन, चन्द्रमाको गतिअनुसार चल्छ । यसको आधारबाट अहिले पनि ज्योतिषशास्त्र, खगोलीय ब्रह्माण्डका कुराहरू, सूर्यग्रहण र चन्द्रग्रहणका कुराहरूलाई हिसाब गरेर तिथिमिति निकाल्न सकिन्छ । नेपाल संवत्मा प्रत्येक घडी र पलालाई हिसाब गरेर मानिसको चिना पनि बनाइन्छ । मानिस जन्मिएको समयअनुसार आँकडा गरेर भविष्य पत्ता लगाउने क्षमता नेपाल संवत्भित्र छ । त्यस्तै, नेपाल संवत्कै नाममा कैयौँ जात्रा र सांस्कृतिक पर्वहरू चलिरहेका छन् । तर, नेपाल संवत्मा १४÷१५ दिन जति हिसाब मिलान गर्न बाँकी रहेको अवस्था छ । करिब सातआठ सय वर्ष भइसक्यो हिसाब मिलान नगरेको । यसलाई शुद्धता दिनुपर्छ । इस्वी संवत् र विक्रम संवत्मा भने हिसाव मिलान गरिसकिएको अवस्था छ ।  

नेपालीको संवत््
नेपाल संवत्मा नेपालको नाम छ । यो कुनै व्यक्ति, संस्था, समुुदायको नामबाट सञ्चालित संवत् होइन । नेपाल संवत्लाई अगाडि ल्याउनका लागि चोसाः पासा लगायतका नेपाल भाषासँग सम्बन्धित संघसस्थाहरू लागिपरेका थिए । नेपाल संवत्का नाराहरू पनि नेपाल भाषामा नै बढी सुनिने गरिन्छ । उनीहरूको अग्रसरता बढी भएको कारणले नेवारीहरूको संवत्जस्तो देखिन्छ । वास्तवमा यो हामी सबैको संवत् हो । जसरी सगरमाथा, गौतम बुद्ध र नेपाली ढाकाटोपीले नेपाललाई चिनाउँछ, त्यसरी नै नेपाल संवत्ले पनि हाम्रो देश नेपाललाई चिनाउँछ । यो कुनै सम्प्रदायको होइन । यो नेवार, तमाङ, क्षत्री कसैको होइन, हामी सबै नेपालीको साझा संवत् हो । नेपालकै नामबाट संवत् फेरिने भएकाले यसमा हामीले गर्व गनुपर्छ । सबै जातजाति यसको प्रचारप्रसारमा लाग्नुपर्छ ।
राष्ट्रिय मान्यता
नेपाल संवत्ले एकप्रकारको राष्ट्रिय मान्यता पाइसकेको छ । सरकारले पनि नेपाल संवत् सुरु गरेका शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिसकेको अवस्था छ । उनको कामको कदर गर्दै २०५६ मंसिर २ अर्थात् नेपाल संवत् ११२० कछला थो दशमीका दिन तत्कालीन सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा ग¥यो । उनको सालिक मध्यपुर थिमीचोकमा छ । साख्वाको प्रचारप्रसार र संरक्षणका लागि मध्यपुरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले नेपाल संवत्को पहिलो दिन नेपाल सरकार प्रमुखबाट सालिकमा माल्यार्पण गराउने प्रचलन छ । हामीले नेपाल संवत्लाई नेपाली कामकागजमा प्रयोग गर्नुपर्छ भनेर कैयौँ पटक भनिरहेका छौँ । सरकारी कामकाजमा यसको प्रयोग गरेर, राष्ट्रिय मुद्रामा नेपाल संवत्लाई स्थान दिएर अगाडि बढ्नुपर्छ । जसरी इस्वी संवत्लाई अन्तर्राष्ट्रियकरण गरिएको छ,  त्यसरी नै नेपाल संवत्लाई पनि एकप्रकारले अन्तर्राष्ट्रिय मान्यता दिन र प्रयोगमा ल्याउन सबै नेपाली लाग्नुपर्ने अवस्था छ ।
साख्वासम्बन्धी अन्योल
नेपाल संवत् तत्कालीन राजा राघवदेवले चलाएको भन्ने पनि गरिन्छ । राघवदेवले आफ्ना पिता मानदेवको हत्या गरेर राज्य हत्याएपछि आफूले गरेको पितृहत्याको दोषबाट मुक्त हुन नयाँ संवत् चलाएको पनि भनिन्छ । पशुपतिको दक्षिण ढोकाभित्र शंख बोकेको, कानमा मुुन्द्रा लगाएको सालिक उनै राघवदेवको हो भन्नेहरू पनि नभएका होइनन् । तर, वास्तवमा त्यो  सालिक शंखधर साख्वाको नै हो । साख्वा काठमाडौँ उपत्यकाका कुन ठाउँका हुन् भन्ने कुरामा भने अझै पनि अन्योल छ । कोही उनलाई काठमाडौँवासी भन्छन् भने कसैले थिमीवासी पनि भन्ने गरेका छन् । शंखधरको विषयमा हामीले अझै बढी खोज गरेर धेरै कुरालाई ऐतिहासिक रूपमा पुष्टि गर्न बाँकी छ ।
संरक्षणको खाँचो
नेपाल संवत्सँग सम्बन्धित धेरै ऐतिहासिक स्थलहरू छन् ।  लखुतीर्थ, भक्तपुरका राजदरबार, शंखधरले ऋणको हिसाब लेखेको ठाँउ सिनामंगल, भक्तपुरका सिद्धिवन्त जोशीका ज्योतिषीय पुस्तक आदिलाई ऐतिहासिक विषयवस्तुका रूपमा संग्रह र संरक्षण गर्नुपर्छ । शंखधर साख्वा र नेपाल संवत्सँग सम्बन्धित एउटा संग्रहालय बनाएर त्यहाँ सम्बन्धित सामग्रीहरू संग्रह गर्नुपर्छ । नेपाल संवत्का बारेमा लेखिएका कागजपत्र, किताब, शिलालेख र अभिलेखहरूलाई सुरक्षित गरेर त्यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महŒवलाई झल्काउनुपर्छ । आउँदा हजारौँ वर्षसम्म यस संवत्लाई जीवन्त राख्न ती प्रमाणहरू जुटाएर संरक्षणमा प्रमुख जोड दिनुपर्छ । नेपाल संवत् फेरिने एक दिनमात्र यसको कुरा गरेर यो दिगो र जीवन्त  जीवन्त हुँदैन । हामीले दैनिक जीवनमा पनि नेपाल संवत्लाई प्रयोगमा ल्याउनुपर्छ । विक्रम संवत् र इस्वी संवत्सँगै नेपाल संवत्लाई पनि अगाडि लैजानुपर्छ ।
अनुसन्धानको आवश्यकता
नेपाल संवत्को एक दिन हजारौँ मोटरसाइकल र गाडीहरूको ¥याली गरिन्छ । कुनै समय सरकारको आँखा खुलाउन र जनतालाई चेतना दिन ¥यालीले काम ग¥यो होला । तर, ¥याली गरेको पनि अब २५÷३० वर्ष नाघिसक्यो । यसरी हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ¥याली अहिलेको समयमा उपयुक्त छैन । ¥यालीमा खर्च हुने लाखौँ रकम नेपाल संवत् र शंखधर साख्वाका विषयमा अनुसन्धान गर्नका लागि प्रयोग गर्न सकिन्छ । हामीसँग नेपाल संवत्सम्बन्धी प्रमाण नपुगेका कुराहरू धेरै छन् । प्राप्त गर्न बाँकी कुरा धेरै छन् । शंखधर कहाँका हन ्? उनको परिवारिक पृष्ठभूमि के हो ? यो संवत् उनले सुरु गरेका हुन् वा राजाले ? बालुवा सुनमा परिणत कसरी भयो भन्ने कुरालाई वैज्ञानिक रूपले पुष्टि गर्नु जरुरी छ । यसका लागि गहन अनुसन्धानको खाँचो छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
(संस्कृतिविद् धौभडेलसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)

 

Leave A Comment