देवकोटा हेजिमोनी

शनिबार, १३ कार्तिक २०७३, १० : ४८ शुक्रवार , Kathmandu
देवकोटा हेजिमोनी

–सङ्गीत श्रोता
देवकोटाको महानताबारे धेरै ‘महान्’हरूले महान्–महान् तथ्य लेखिसकेका छन् । मलाई पनि बच्चैदेखि देवकोटा ‘महान्’ हुन् भन्ने जीवनी पढाइएको थियो । कुन्नि कुन लक्ष्मीको पूजा–दिवस या औँसीको शुभतिथिमा जन्मेका सरस्वतीका वरदान पुत्र रे ! काठमाडौँको प्रतिष्ठित पण्डित खलकमा जन्मेका ‘हुने बिरुवाका चिल्ला पात’ रे । खरर अंग्रेजीमा भाषण गर्न सक्ने प्रतिभाशाली वक्ता रे ! दश दिनमा महाकाव्य र एकै रातमा खण्डकाव्य लेख्न सक्ने आशुकवि रे !
देवकोटा ‘ठूला’ व्यक्तित्व वा ‘ईश्वरीय शक्ति’ भएका मान्छे हुन् भन्ने मलाई सिकाइएको थियो । यो देशमा कस–कसलाई ‘ठूला’ मान्छे र ‘ईश्वरका अवतार’ भनि“दोरहेछ भन्ने मैले धेरैपछि मात्रै थाहा पाउन थाले“ । अहिले मेरो दिमागमा देवकोटाको ‘परम्परागत’ विम्बमाथि अनेक प्रश्न उठिरहेका छन् । उनले गरिबहरूलाई गरिब हुनुमै गर्व गर किन भनेका होलान् ? भिखारी भए पनि सन्तुष्ट हुनुपर्छ भन्ने सन्देश किन दिएका होलान् ? उनी जनजाति वा गैरब्राह्मणहरूलाई ‘बाउन्ने जातिका हाडे मान्छे’ र ‘जंगली जनावरझैँ नाच्नेहरू’ किन भन्छन् ? पहाडी बाहुनहरूलाई ‘रीतिथितिमा अडेका’, ‘सच्चा नेपाली पहाडका पुत्र’, ‘आर्य–सभ्यताको नमुना’ वा ‘स्वर्गका देवताहरूको नमुना रूपमा बसेका ब्राह्मण जाति’ जस्ता उपाधि किन दिएका होलान् ?
देवकोटाको सम्पूर्ण साहित्यलाई दोहो¥याएर नपढी र उनले बा“चेको समयको सम्यक् अध्ययन नगरी उनलाई ‘महान्’ भन्दै दगुरिरहेका अन्धसमर्थक समीक्षक–समालोचकहरूस“ग मेरा धेरै प्रश्न छन् । देवकोटालाई ‘अलौकिक’, ‘अतिमानव’ वा ‘महामानव’को छविमा प्रस्तुत गर्नुमा म एकप्रकारको सांस्कृतिक राजनीति लुकेको देख्छु । के लेखक हुन जन्मनुअघि नै ईश्वरको ‘वरदान’ लिएर आउनुपर्छ ? के लेखक हुन पण्डित परिवारकै घरमा जन्मनुपर्छ ? के लेखक हुन ‘हुने बिरुवाको चिल्लो पात’ जस्तो बच्चैदेखि सर्वगुणसम्पन्न हुनुपर्छ ?
देवकोटाको लेखनी र जीवनीको सही मूल्यांकन गर्न तत्कालीन नेपाली समाजको अर्थव्यवस्था, सांस्कृतिक परिवेश, उनले प्राप्त गरेका अवसर र पृष्ठभूमि आदिको आलोचनात्मक अध्ययन÷पुनर्अध्ययनको खा“चो छ । मूलधारीय स्थापनाप्रति आ“खा चिम्लेर ‘देवकोटा महान् ! देवकोटा महान् !’ को सुगारटाइ घोक्नु एकप्रकारको अन्धविश्वास हो । देवकोटाको योगदानको यथोचित मूल्यांकन र उनीप्रति सम्मान गर्नैपर्छ । तर, देवकोटालाई बन्दुक बनाएर हानिएका सांस्कृतिक गोलीहरूबाट मारिएका वा घाइते बनाइएका यो देशका थुप्रै ज्ञात÷अज्ञात लेखकहरूको पक्षबाट पनि अब हामीले प्रश्न गर्नुपर्ने बेला आएको छ । देवकोटा मेरासामु हु“दा हुन् त म प्रश्न गर्ने थिए“– ‘बाउन्ने जातिका हाडे’ मान्छे यो देशमा किन ‘जंगली’ मात्रै भइरहे, तिनलाई लेखक हुन कसले दिएन ? यो देशमा अनार्य वा गैरपहाडी किन ‘राक्षस’ भए, किन ‘देवताका नमुना’ बनेनन् ? यो देशमा किन अहिले पनि ‘गरिब’लाई ‘सन्तोष गर’ ‘सन्तोष गर’ भन्ने पाठ पढाइएको छ ? ब्राह्मणहरूलाई मात्रै किन ‘प्रतिभा’ वा ‘ईश्वरीय शक्ति’ प्राप्त भइरहन्छ ? अब भने यी प्रश्न देवकोटाविद् इतिहासकारहरूलाई गर्नुपर्ने बेला आएको छ ।
देवकोटा आफ्नो समयका असामान्य लेखक अवश्य हुन्, ईश्वर होइनन् । म देवकोटा–ईश्वरमा पनि विश्वास गर्दिन“, देवकोटाको ईश्वरमा पनि ।

 

Leave A Comment