भुवनको ‘भेडेटार’ सार्वजनिक

शुक्रबार, १२ कार्तिक २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
भुवनको ‘भेडेटार’ सार्वजनिक

गायक भुवन सुप्तिहाङ राईले पर्यटकीय स्थल भेडेटारबारे गाएको नयाँ गीत ‘जता हे¥यो उतै राम्रो मनै तान्यो भेडेटारले’ भेडेटारमै पुगेर सार्वजनिक गरेका छन् ।

भेडेटारमा आयोजित एक कार्यक्रममा दर्शकलाई गीत सुनाएर उनले गीत औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरे । भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावतीले भेडेटारका विषयमा सबै कुरा समेटर सुप्तिहाङले गाएको गीतले पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने आशा गरिएको बताए । नयाँ एल्बम ‘सम्मान मेरो’मा समेटिएको भेडेटार गीत सुन्नेहरूले मन पराएकाले सफल हुने उनले विश्वास व्यक्त गरे ।

Leave A Comment