अलगमा ‘बाँसुरी’

शुक्रबार, १२ कार्तिक २०७३, १० : ०९ शुक्रवार , Kathmandu
अलगमा ‘बाँसुरी’

सानो छँदा रेडियो नेपालमार्फत बज्ने बाँसुरीको धुनले लोभ्याएर बाँसुरीप्रति मोहित भएको स्मरण गर्दै राजेश राईले ‘अल्झेछ क्यारे पछ्यौरी’ वादन गरी अलग अभियान बाँसुरी विशेष शृंखलाको सुरुवात गरे । गत शनिवार भएको कार्यक्रममा उनले एउटा झ्याउरे लोकभाका पनि प्रस्तुत गरे ।
जापानमा बस्दै आएका राम महर्जनले ‘माझी’ थिमको धुन र ‘राजमती’ सुनाए । त्यस्तै, चित्र मगरले संगिनी र तिहार धुन प्रस्तुत गरे । कार्यक्रममा नगेन्द्र राईले ‘सावनको झरी बनी’, ‘यस्तो पनि हुँदो रैछ’, ‘मुटु जलिरहेछ’, ‘छालहरू’लाई बाँसुरीमा प्रस्तुत गरे । बाँसुरीवादकहरूलाई तबलामा विराज पोखरेल र मादलमा यमकुमार समालले साथ दिएका थिए । कार्यक्रममा गायिका पार्वती राईले अलग अभियानलाई मादल उपहार प्रदान गरेकी थिइन्् ।

Leave A Comment