पूर्वमा मण्डलाको नाट्य यात्रा

बिहिबार, ११ कार्तिक २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
पूर्वमा मण्डलाको नाट्य यात्रा

मण्डला थिएटरले पूर्वाञ्चल नाट्य यात्रा सञ्चालन गरेको छ । सक्रिय बन्दै गएका पूर्वका नाट्य संस्थाहरूलाई जगाउने उद्देश्यले धरानबाट सुरु भएको यात्रा पूर्वका इटहरी, विराटनगर, बेलबारी, दमक हुँदै पुनः धरानमै आएर सकिने बताइएको छ ।
मञ्चसहितको गाडी (जूनकिरी) लिएर पूर्व यात्रामा आएको मण्डलाले ‘मनचिन्ते फिरन्ते’ नाटक विभिन्न ठाउँमा निःशुल्क प्रदर्शन गरिसकेको छ । विप्लक प्रतीक र सोमनाथ खनालको लेखन रहेको यो नाटकमा निर्देशक राजन खतिवडा, सृजना सुब्बा, सोमनाथ खनाल, इंगी सुनुवार, शक्ति राई, शारदा अधिकारी, निशा कार्की र सिजन दाहालको अभिनय छ । अहिले दयाहाङ राईले निर्देशन गरेको नाटक ‘डिग्री माइला’  विभिन्न ठाउँमा सशुल्क प्रदर्शन भइरहेको छ । कात्तिक १३ गते धरान सभागृहमा ‘डिग्री माइला’ मञ्चन भएपछि मण्डलाको नाट्य यात्रा टुंगिनेछ ।

 

Leave A Comment