रिहर्सलमा व्यस्त टेलर

बिहिबार, ११ कार्तिक २०७३, ११ : २६ शुक्रवार , Kathmandu
रिहर्सलमा व्यस्त टेलर

गायिका टेलर स्विफ्टले अमेरिकी राज्य टेक्सासमा हुने एउटा कन्सर्टमा सांगीतिक प्रस्तुति दिने भएकी छिन् । प्रस्तुति भव्य होस् भनेर उनले त्यसको तयारीसमेत सुरु गरिसकेकी छिन् ।
प्रस्तुतिको रिहर्सल गर्दै गरेको अवस्थाका केही भिडियो क्लिप उनले इन्स्टाग्राममा हालेपछि उनका फ्यान उत्साहित भएका छन् । भिडियो क्लिपमा उनी कालो पहिरननमा गिटार बोकेर मग्न भएर गाइरहेकी छिन् । ‘साथीहरू, तपाईंहरूसँग टेक्सासमा हुने कन्सर्टमा भेट गर्न म आतुर छु,’ चार वटा भिडियो अप्लोड गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन् ।

Leave A Comment