केशरको ‘त्यो मन खुशी पार’

बिहिबार, ११ कार्तिक २०७३, १० : ४९ शुक्रवार , Kathmandu
केशरको ‘त्यो मन खुशी पार’

दशैँतिहारलाई लक्ष्य गरेर गायक केशर लामाले ‘त्यो मन खुशी पार’ बोलको गीत बजारमा ल्याएका छन् । उनलाई स्वरमा कृष्ण परियारले साथ दिएकी छिन् । केशरको आफ्नै शब्द रहेको गीतमा सुन्दर विरही पाख्रिनको संगीत रहेको छ । प्रेम थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडल मनोज बाबु र आरुषीले अभिनय गरेका छन् ।

सुराचको ‘मयाँलाई’
गायक सुराच प्रसाईंको ‘मयाँलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनकै शब्द र संगीत रहेको छ । विभोर पोखरेलले निर्देशन गरेको गीतको भिडियोमा उनले स्वयं अभिनय गरेका छन् । अभिनेत्री सुरक्षा पन्तले उनलाई अभिनयमा साथ दिएकी छिन् । सुराच लोक फ्युजन शैलीका गीत गाउने गर्छन् । यस गीतमा उनले गन्धर्व शैलीलाई आधुनिक प्रस्तुति दिएका छन्, जसमा गिटार, टुङ्ना र सारंगीको मिश्रण सुन्न सकिन्छ ।

 

Leave A Comment