चिन्तित केर

बिहिबार, ११ कार्तिक २०७३, १० : १४ शुक्रवार , Kathmandu
चिन्तित केर

अस्ट्रेलियन मोडल मिरान्डा केर अहिले चिन्तामा छिन् । आफ्नो घरमा जबर्जस्ती घुसपैठ गर्ने एक संदिग्ध व्यक्तिले घरमा तैनाथ अंगरक्षकलाई छुरा हानेपछि उनी चिन्तामा परेकी हुन् ।
ती व्यक्तिले केरका अंगरक्षकको आँखामा छुरा प्रहार गरेका थिए । घरको पर्खाल नाघेर जबर्जस्ती भित्र पस्न खोज्दा रोक्न खोज्ने अंगरक्षकलाई ती व्यक्तिले छुरा हानेका थिए । जवाफमा अंगरक्षकले ती व्यक्तिमाथि केही राउन्ड गोली प्रहार गरेको र एउटा गोली टाउकोमा लागेको समाचारमा जनाइएको छ । अहिले ती घुसपैठकर्ता र अंगरक्षक दुवै अस्पतालमा छन् ।

Leave A Comment