नाटालीको मेहनत

बुधबार, १० कार्तिक २०७३, १२ : २७ शुक्रवार , Kathmandu
नाटालीको मेहनत

हलिउड अभिनेत्री नाटाली पोर्टम्यानको नयाँ फिल्म ‘ज्याकी’ निकट भविष्यमा रिलिज हुँदैछ । अन्य फिल्ममा भन्दा यो फिल्ममा काम गर्दा आफूलाई विशेष महसुस भएको उनले बताएकी छिन् ।
यो फिल्म ज्याकलिन केनेडी नाम गरेकी अमेरिकी महिलाको जीवनमाथि आधारित छ । फिल्ममा नाटालीले ज्याकलिनको अभिनय गरेकी छिन् । ‘ज्याकलिनको अभिनय गर्नु ज्यादै चुनौतीपूर्ण थियो । ज्याकलिन भएर छायांकन गर्दा म नर्भस थिएँ,’ उनले भनिन् । ज्याकलिनको जस्तो पहिरन, हाउभाउ र लवज निकाल्न आफूले ठूलो मेहनत गरेको उनले बताइन् ।

 

Leave A Comment