‘राम्रो गायक बन्ने सपना छ’

बुधबार, १० कार्तिक २०७३, ०९ : ४६ शुक्रवार , Kathmandu
‘राम्रो गायक बन्ने सपना छ’

रक्षक राई, गायक

गायनमा कसरी आइयो ?
भोजपुरको दिङ्लामा धेरै कार्यक्रम, मेलापातमा बुबाले गाएको सुन्दा गायक बन्ने हौसला मिल्यो । त्यसपछि यो क्षेत्रमा लागेँ ।
कति भयो गाउन थालेको ?
भयो १० वर्षजति । २०७० सालमा ‘पहिलो प्रेम’ नामक एल्बम निकालेँ । दोस्रो एल्बम ‘मायाको स्पर्श’ बजारमा ल्याउने तयारीमा छु ।
गायकका रूपमा कुन गीतले चिनायो ?
‘पहिलो प्रेम’ एल्बमको गीत ‘आँशु बनी बग्यो देश’ ले ।
संगीतको औपचारिक ज्ञान लिनुभएको छ ?
संगीतको औपचारिक ज्ञानविना यो क्षेत्रमा लाग्नु राम्रो हुँदैन । पूर्वाञ्चल संगीत विद्यालय इटहरीमा निरन्तर संगीत सिकिरहेको छु ।
कस्ता गीत बढी मन पर्छन् ?
पूर्वेली लोकगीत । आधुनिक र डान्सिङ गीत पनि मन पर्छन्  ।
कन्सर्टतिर कत्तिको गाइन्छ ?
अहिले एल्बम बिक्दैन । कन्सर्टले नै त हो टिक्ने । पूर्वका खोटाङ, संखुवासभा, इलाम, तेह्रथुम, भोजपुरदेखि सिक्किमसम्म पुगेर कन्सर्टमा गाएको छु ।
भविष्यको सपना के छ ?

राम्रो गायक बन्ने ।


प्रस्तुतिः गोपाल

 

Leave A Comment