डिजिटल पोस्टकार्डको जमाना

सोमबार, ०८ कार्तिक २०७३, १० : ३५ शुक्रवार , Kathmandu
डिजिटल पोस्टकार्डको जमाना

एक समय थियो, विशेष अवसरमा युवाहरू स्टेसनरी पसलमा झुम्मिन्थे । किताब, कपी वा कलम होइन, उनीहरू हिरो–हिरोइनको फोटो छापिएको पोस्टकार्ड किन्न झुम्मिएका हुन्थे । नयाँ वर्ष, दशैँ, तिहार वा अन्य पर्व र दिवसका उपलक्ष्यमा युवा जमात साथीसाथीबीच प्रेम र सद्भाव बाँड्न  पोस्डकार्ड अदान प्रदान गथ्र्याे ।
पोस्टकार्डमा माया, प्रेम वा सद्भाव झल्काउने मुक्तक, कविता वा सायरी लेखेर एकअर्काबीच आदानप्रदान गरिन्थ्यो । तर, अहिले समय बदलिएको छ । कुनै स्टेसनरीमा पोस्टकार्ड बेचेको देखिँदैन । मोबाइल, इन्टरनेट र  प्रविधिको विकासले एक दशकअधि विद्यमान रहेको पोस्डकार्डको चलनलाई डिजिटल कार्डले विस्थापित गरिदिएको छ ।
अहिलेको पुस्ता मोबाइलमा एसएमएस वा एमएमएसमार्फत सीधै शुभकामना आदानप्रदान गर्छन् । इन्टरनेटका विभिन्न माध्यम वा विभिन्न सामाजिक सञ्जालमार्फत तुरुन्तै एकअर्कासँग जोडिन सकिने भएकाले वर्तमान पुस्ता फेसबुकमा शुभकामना सन्देश पठाउँछ । उनीहरू ट्वीटरमा शुभकामना सन्देश बाँड्छन् । इन्स्टाग्राममा डिजिटल पोस्डकार्ड अपलोड गर्छन् । यसरी अहिलेको पुस्ता प्रविधिमार्फत साथीभाइ, आफन्त वा परिवारसँग जोडिने गरेका छन् ।
डिजिटल पोस्डकार्डले मान्छेको सिर्जनशीलतालाई समाप्त पारेको बताइन्छ । ‘पोस्टकार्डमा सायरी लेख्नु, मायाप्रेमका कुरा लेख्नु, फूलबुट्टा भर्नु चानचुने कुरा थिएन,’ काठमाडौँ, बसुन्धराका प्रदीप पोखरेल भन्छन्, ‘अहिले फेसबुकमा लेख्यो, सक्कियो । सम्झिनपरे फोन ग¥यो, सक्कियो ।’ त्यो बेला सम्झँदा आफू आनन्दित हुने पोखरेल बताउँछन् ।
महोत्तरीका सुमन झाको पनि आफ्नै अनुभव छ । चल्तीका हिरोइनका फोटो किनेर उत्सवका बेला उनको कामै शुभकामना सन्देश पठाउने हुन्थ्यो । हरेक उत्सवमा उनले साथीभाइलाई शुभकामना कार्ड पठाउँथे । अहिले उक्त समय धेरै ‘मिस’ गर्ने गरेको उनले बताए ।
अहिले स्मार्टफोनको पहुँचसँगै विभिन्न कम्पनीले डिजिटल पोस्टकार्ड प्रयोगका निम्ति एपको विकास गरेका छन् । ती कम्पनीले कार्डको डिजाइनमा विशेष महŒव दिएका छन् ।
पोस्टग्राम
पोस्टग्राममा धेरैथरी डिजिटल पोस्टकार्ड उपलब्ध छन् । यो एप स्माार्टफोनमा इन्स्टल गरेपछि त्यहाँबाट थरीथरीका डिजिटल पोस्टकार्डहरू किन्न सकिन्छ । पोस्टग्राममा  समान्यतया एकदेखि दुई डलरसम्म पर्ने कम्पनीले जनाएको छ ।
पोस्टिनो
पोस्टिनोमा पनि डिजिटल पोस्टकार्डका धेरैथरी फिचर उपलब्ध छन् । आफूलाई मन परेको तस्बिरमा आफ्ना शब्द राखेर आफूअनुकूलको फ्रेमिङ यस एपमा बनाउन सकिन्छ । यो एपमा तपाईंले बनाएको डिजिटल पोस्टकार्डमा हस्ताक्षर पनि गर्न सकिन्छ ।
पोस्टड्रोइड
पोस्टड्रोइड एन्ड्रोइडमा विकसित एप हो । यसमा पोस्टकार्ड ड्राफ्टदेखि भविष्यमा पठाउने पोस्टकार्डको सेड्युल पनि गर्न सकिन्छ । ४ सय ५० शब्द लेख्न मिल्ने यो एप अरूभन्दा बिलकुल फरक रहेको कम्पनीको दाबी छ । यसमा उपलब्ध कार्डको आकार र डिजाइन परिवर्तन गर्न मिल्दैन ।
टचनोट
यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । यसमा रहेका डिजाइनलाई पनि आफूअनुकूल साइज र डिजाइन परिवर्तन गर्न सकिन्छ । यसमा एकदेखि छ सम्मका लेआउट परिवर्तन गर्न सन्छि । यसमा ३३ शब्द राखेर पोस्टकार्ड बनाउन सकिन्छ ।
पोस्टकार्ड प्रिन्ट मी
यो फोटोको पोस्टकार्ड बनाउने एप हो । यसमा पनि धेरै फिचर समावेश छन् । विभिन्न उत्सवका लागि चाहिने पोस्टकार्ड पहिल्यैदेखि यसमा उपलब्ध छन् ।
स्न्यापसट पोस्टकार्ड
यो एकमात्र त्यस्तो एप हो, जसमा भिडियो पोस्टकार्ड बनाउन सहयोग गर्छ । यसमा पहिलो कार्ड निःशुल्क पठाउन सकिन्छ । त्यसपछि दुईदेखि तीन डलरसम्मका पोस्टकार्ड यसमा उपलब्ध छन् । यसमा आफूअनुकूल बोर्डर राख्न सकिन्छ । यसको एउटै पोस्टकार्ड पनि बढीभन्दा बढीलाई पठाउन मिल्ने सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

Leave A Comment