हलिउड अभिनेत्री सान्ड्रा बुलकले प्रेमी ब्रायन रान्डालसँग बिहे गर्ने निश्चय गरेको समाचार अमेरिकी सञ्चारमाध्यमले दिएका छन् । समाचारमा जनाइएअनुसार उनी र फोटोग्राफर प्रेमी ब्रायनबीच बिहे हुने तय भइसकेको छ ।
सान्ड्रा र ब्रायन गत वर्षदेखि प्रेममा छन् । अब एउटा सानोतिनो जमघट आयोजना गरी बिहे गर्ने तय उनीहरूले हालसालै गरेका छन् । ‘बिहे सुटुक्क गर्ने र यसलाई सकेसम्म कम चर्चाको विषय बनाउने सल्लाह उनीहरूबीच भएको छ,’ समाचारमा भनिएको छ । दुवैजना परिवारलाई बढी प्राथमिकता दिने खालका भएका र यही समानताले गर्दा उनीहरूको प्रेम विवाहमा रूपान्तरण हुन लागेको समाचारमा उल्लेख छ ।
Leave A Comment