ज्याकलिनको सम्भावना

आइतबार, ०७ कार्तिक २०७३, १० : १६ शुक्रवार , Kathmandu
ज्याकलिनको सम्भावना

बलिउड अभिनेता सलमान खानको चर्चित फिल्म ‘किक’को सिक्वेल ‘किक–२’ बन्ने भएको छ । नयाँ फिल्मको मुख्य भूमिकामा स्वाभाविक रूपले सलमानले नै काम गर्नेछन् । तर, उनको जोडी भएर कुन अभिनेत्रीले काम गर्नेछिन् भन्नेबारे सर्वत्र चासो व्यक्त गरिएको छ ।
बलिउडवृत्तमा चलेको हल्लाअनुसार फिल्ममा सलमानको अपोजिट भएर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई काम गराउने विषयमा फिल्म निर्माण युनिट सकारात्मक छ । यद्यपि, यसबारे फिल्म निर्माण युनिटले केही बताएको छैन र ज्याकलिनले पनि मुख खोलेकी छैनन् ।
हालसालै सञ्चारकर्मीले ज्याकलिनलाई ‘‘किक–२’ मा तपाईं पनि काम गर्दै हुनुहन्छ रे’ भनी प्रश्न गर्दा उनी ‘अहिले म सिद्धार्थ मल्होत्रासँग एउटा फिल्ममा काम गरिरहेकी छु’ भनेर उम्किएकी थिइन् ।

 

Leave A Comment